Monday, May 16, 2016

दोलालघाटको इन्द्रावति नदीमा तीन बालक वेपत्ता, दुईको शव भेटियो

जेठ । काभ्रेमा पौडी खेल्ने क्रममा डुबेर तीन बालक वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार वेपत्तामध्ये दुई बालकको शव फेला परेको छ । सोमबार अपराह्न दोलालघाटको इन्द्रावती नदीमा पौडी खेल्न गएका ११ वर्षीय सञ्जीव ठकुरी, १० वर्षीय मनोज पहरी र १३ वर्षीय नविन ठकुरी वेपत्ता भएका हुन् । ती मध्ये सञ्जीव र मनोजको शव फेला परेको प्रहरीले जनाएको छ । १३ वर्षीय नविन अझै वेपत्ता छन् । उनको खोजी भइरहेको छ ।

No comments:

Post a Comment