Wednesday, May 18, 2016

नांगो खुट्टाले दौडिँदा स्मरणशक्ति बढ्दछ

जुत्ता लगाएर दौडिनु भन्दा नांगो खुट्टाले दौडिनु स्मरणशक्ति बढाउने मामिलामा बढि प्रभावकारी हुने अनुसन्धानले देखाएको छ । अमेरिकाको नर्थ फ्लोरिडा विश्वविद्यालयका शोधकर्ता ट्रासे एलेवेका अनुसार नांगो खुट्टाले दौडिँदा स्मरण क्षमता १६ प्रतिशतले बढ्दछ । पर्सेप्सुअल एण्ड मोटर स्किल्स नामक पत्रिकामा प्रकाशित रिपोर्ट अनुसार नांगो खुट्टाले दौडिँदा मानिसको मस्तिष्कको एकाग्रता बढ्ने हुनाले त्यसले स्मरण क्षमता बढाउनमा मद्दत पूराउँदछ । शोधकर्ता भन्छन् जुत्ता चप्पल नलगाई दौडिँदा हामीले गोडाको चालमा निकै ध्यान दिएका हुन्छौँ । कतै खाडलमा परिन्छ की वा ढेस पो लागिहाल्छ की भनेर मानिस निकै सचेत बनेको हुन्छ । यसबाट हाम्रो मस्तिष्कमा निकै ध्यान केन्द्रित हुन्छ । मस्तिष्कमा ध्यान केन्दि्रत गर्ने बानीले हामीलाई आफुले पढेका वा देखेका कुरालाई राम्ररी बुझ्ने र सम्झनामा राख्ने क्षमता प्रदान गर्दछ ।

No comments:

Post a Comment