Thursday, May 19, 2016

ठूलो परिमाणमा चितुवाको छाला र हड्डीसहित डडेल्धुराबाट २ जना पक्राउ

धनगढी, ६ जेठ । नेपाल सरकारद्धारा किनबेच तथा ओसारपोसारमा प्रतिबन्धित चितुवाको छालासहित २ जनालाई प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) को टोलीले पक्राउ गरेको छ । बुधवार राति टोलीले गोप्य सुराकीको आधारमा डडेल्धुराको अमरगढी नगरपालिकाबाटै चितुवाको चार थान छालासहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डडेल्धुरा गाङखेतका ३५ बर्षीय राम बहादुर थापा मगर र लेकगाउँ डडेल्धराकै २९ बर्षीय कमल रोक्का मगर रहेको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) का टोली प्रमुख केशव जोशीले बताउनुभयो । बरामद गरिएको ४ थान चितुवाको छाला तथा १२ किलो हड्डीसहित पक्राउ गरिएका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, डडेल्धुरालाई बुझाइएको र अनुसन्धानपछि कारवाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइने प्रमुख जोशीले जानकारी दिनुभयो । पछिल्लो समयमा (आरआइटी) को सक्रियता बढे सँगै अपराधका घटनाहरु बाहिर आउन थालेका छन् । क्षेत्रीय अनुसन्धान समूहले सुदूरपश्चिमका ९ वटै जिल्लामा अपराध तथा कानुनले दोषी प्रमाणित गरि फरार रहेकाहरुको खोजी गरि सार्वजनिक गर्ने कार्यलाई सक्रियताका अगाडी बढाइरहेको छ ।

No comments:

Post a Comment