Thursday, May 19, 2016

अमेरिकाको बि–५२ युद्ध विमान दुर्घटनाग्रस्त

गुआम – अमेरिकन बि–५२ बम्बर विमान गुआम एयरबेसबाट उडान भरेको केही बेरमा नै दुर्घटनाग्रस्त बनेको छ । स्थानीय समयअनुसार बिहान ८ बजेर ३० मिनेट जाँदा उक्त दुर्घटना भएको हो । अमेरिकी एयरफोर्सले दुर्घटनामा ७ जना चालकदलका सदस्य सकुशल रहेको बताएको छ । समाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरमा दुर्घटनाग्रत विमानबाट धुँवा उडिरहेको देख्न सकिन्छ । प्रशान्त क्षेत्रमा आफ्नो उपस्थिति बनाइराख्न उक्त प्लेन त्यस क्षेत्रमा खटाइएको थियो । गुआमका गर्भनरले उक्त घटना आतंकवादसँग असम्बन्धित रहेको स्पष्ट पारेका छन् । ६० वर्षअघिदेखि प्रयोगमा ल्याएको यो विमान अझै पनि अमेरिकी सेनामा चर्चित छ । यसलाई भियतनामदेखि अफगानिस्तानसम्म प्रयोग गरिएको छ । सन् २००८ मा गुआमकै समुद्रमा बि–५२ बम्बर दुर्घटनाग्रस्त हुँदा ६ जनाले ज्यान गुमाएका थिए ।

No comments:

Post a Comment