Monday, May 16, 2016
सन्तान नभएपछि बुहारीको हत्या
३ जेठ, काठमाडौं । सन्तान नजिन्मिएको भन्दै बुहारीको हत्या गर्ने सप्तरी बरही वीरपुर १ का ५४ वर्षीय वीरेन्द्र यादवलाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ ।
३ वर्षसम्म पनि सन्तान नजन्मिएको भन्दै घरपरिपारका सदस्यले २१ वर्षीया रम्भादेवी यादवको २०६९ असार ४ गते हत्या गरेर परिवारका सदस्य फरार भएका थिए । आजको अन्नपूर्णमा समाचार छ ।
मृतकका पिता बोरिया गाविस ८ का श्यामसुन्दर यादवले मृतकका ससुरा वीरेन्द्रसहित पति सन्तोष, सासु अरुहुलियादेवी तथा नन्दहरु रन्जुदेवी र मन्जुदेवीविरुद्ध कर्तब्य ज्यान मुद्दा दार्ता गरेका थिए ।
पक्राउ परेका यादवलाई थुनछेक आदेशकालागि आइतबार जिल्ला अदालतमा पेस गरिने छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment