Thursday, May 19, 2016

फरार तीन अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दामा छ वर्ष अगाडि सजाय पाएका फरार एक व्यक्तिलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीे टोलीले सप्तरीको लोहजारा–६ बस्ने हरिकृष्ण भीनवार यादवलाई पक्राउ गरेको हो। पूर्व गाविस सचिवसमेत रहेका ४५ वर्षीय भीनवार यादवलाई २०६७ साल कात्तिक ९ गते सर्वोच्च अदालत काठमाडौँले ज्यान मारेको उद्योगमा छ महिना कैद सजाय सुनाएको थियो। प्रहरी निरीक्षक गौरव महतका अनुसार पक्राउ परेका यादवलाई आजै कारागारमा पठाइने छ। यस्तै, कैदी भगाएको आरोपमा जिल्ला अदालतबाट ६१ वर्ष कैद पाएर पनि फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको त्रिकौल–८ बस्ने बिहारी गोदी मलाहा र पिप्रा पूर्व गाविस–५ बस्ने ५५ वर्षीय रामफुल मलाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सप्तरी जिल्ला अदालत राजविराजले कैदी भगाएको अभियोगमा दुवैजनालाई ६१ वर्षको कैद सजाय सुनाएको थियो। रासस

No comments:

Post a Comment