Thursday, May 12, 2016

वैवाहिक जिवनको खुसीका लागि सहवास जरुरी हुन्छ, तर…

आम धारणा के छ भने श्रीमान श्रीमतीबीच जति धेरै यौन सम्बन्ध कायम भयो उनीहरुको आपसी सम्बन्ध झनै मजबुत बन्दछ । तर हालैको एक अध्ययनले भने दाम्पत्य जिवनलाई सुखी बनाउन बढि भन्दा बढि यौन सम्पर्क कायम गर्नु आवश्यक नरहेको देखाएको छ । शोधकर्ताहरुका अनुसार हप्तामा एक पटक सहवास गर्ने जोडीहरु बढि पटक सहवास गर्नेहरुबाट अपेक्षाकृत रुपमा बढि खुसी देखिएका छन् । क्यानडाको टोरन्टो मिसिसोगा विश्वविद्यालयका शोधकर्ता एमी मूजका अनुसार बढि भन्दा बढि सम्भोगलाई खुसी सँग जोड्ने गरिएको भएपनि हप्तामा केवल एकपटक सम्भोग गर्नु सबैभन्दा उत्तम कार्य रहेको पाइएको छ । शोधकर्ता मूजका अनुसार आफ्नो पार्टनरसँग अन्तरंग सम्बन्ध कायम राखिरहनु जरुरी हुन्छ, तर यसो भन्दैमा दिनहुँ सम्भोग गर्नु आवश्यक हुँदैन । यद्यपि पछिल्ला केही शोधहरुले भने धेरै सहवासले पार्टनरहरुमा बढि खुसी दिने दाबी नगरेका होइनन् । ३० हजार अमेरिकी नागरिकमा चार दशकसम्म गरिएको यस शोधमा पहिलोपटक यो तथ्य पत्ता लागेको छ की हप्तामा औषतमा एक भन्दा धेरै पटक सम्भोग गर्नुले आपसी सम्बन्धमा कुनै सरोकार राख्दैन । सोशल साइकोलोजिकल एण्ड पर्सनालिटी साइन्स जर्नलमा छापिएको उक्त शोध अनुसार यो नष्किर्ष युवा जोडी, परिपक्व जोडीमा मात्र होइन भर्खर भर्खर बिहे गरेका देखि दशकौँ पहिले बिहे गरेका जोडी सबैमा समान रुपले लागू हुन्छ । तर शोधकर्ताहरुले के कुरामा सचेत बनाएका छन् भने हप्तामा औषतमा एक पटक मात्र सहवास गर्ने निहुँमा आफ्नो विद्यमान सहवासको दरलाई एक्कासी ह्वात्तै घटाउनु भन्दा पहिले आफ्नो पार्टनरसँग उसको यौन चाहना पूरा भए नभएको बारेमा कुराकानी गर्नैपर्छ ।

No comments:

Post a Comment