Monday, May 2, 2016

उत्तर कोरियामा विवाह गर्न रोक, अन्तिम संस्कार गर्न पनि नपाइने !

काठमाडौं, २० वैशाख । विश्वकै नाकाबन्दीमा परेको उत्तर कोरियाले आफ्नो देशभित्र विवाह र अन्तिम संस्कार गर्न रोक लगाएको छ । उत्तर कोरियाका शासक किम जोंग उनको यही हप्ता हुन लागेको राज्यअभिषेकलाई लिएर त्यहाँको प्रशासनले विवाह र अन्तिम संस्कारमा रोक लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रिय पर्वका रुपमा मनाइने राज्याभिषेक समारोहलाई लिएर एकहप्तासम्म उत्तर कोरियामा कुनै औपचारिक सभा, समारोह गर्न रोक लगाइएको हो । एकहप्तासम्म उत्तर कोरियामा विवाह गर्न र अन्तिम संस्कार गर्नसमेत रोक लगाएको छ । चार वर्षदेखि उत्तर कोरियाको सत्ता सम्हालिरहेका किमले आफ्ना बाबुबाजेको पालादेखि चल्दै आएको राज्यअभिषेक मनाउने परम्परालाई निरन्तरता दिएका हुन् । यसअघि १९८० मा उनका बुवाको यसैगरी राज्यअभिषेक गरिएको थियो । २०११ मा बुवाको मृत्युपछि किमले उत्तर कोरियाको नेतृत्व सम्हालेका थिए । राज्यअभिषेकससँगै किम देशकै थप शक्तिशाली नेता बन्नेछन् ।

No comments:

Post a Comment