Thursday, May 19, 2016

फेरि घट्यो लोडसेडिङ, भोलीदेखि लागु हुने

काठमाडौं, ६ जेठ । नेपाल विद्युत प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ घटाएको छ । यो भोलि (विहीबार)देखि लागु हुनेछ । प्राधिकरणले सूचना जारी गरी लोडसेडिङको नयाँ तालिका भोली नै सार्वजनिक गरिने जानकारी दिएको छ । नदीहरुमा पानीको वहाव बढ्दा विद्युत उत्पादन बढी हुनु, नाकाबन्दी खुलेसँगै ग्यास र तेलको आपूर्ति हुँदा विद्युत कम खपत भएपछि प्राधिकरणले लोडसेडिङ घटाएको हो । हाल ११ घण्टा कायम रहेको लोडसेडिङ भोलिबाट १ घण्टा घटेर दैनिक १० घण्टा मात्रै हुनेछ ।

No comments:

Post a Comment