Thursday, May 19, 2016

मध्यनेपाल नगरपालिका शोकमा डुब्यो, मृतक ११ पुगे

काठमाण्डु, ७ जेठ– बिहीबार साँझ लमजुङमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरुकोसंख्या ११ पुगेको छ । घाइते मध्येका २ को बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यनेपाल नगरपालिका ५, जिता र तान्द्राङटक्सारको सीमा साल्मेडाँडामा बिहीबार साँझ बस दुर्घटना हुँदा एउटै गाउँका ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो । २ जनाको उपचारका लागि बिहीबार राति पोखराको मणिपाल शिक्षण पुर्‍याउने क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा मध्यनेपाल नगरपालिका–१ जिताकोटका १६ वर्षीय सागर खवास र मृतक सविना खवासकी ३ महिने छोरी माया खवास रहेका छन् । घटनामा घाइते ८ जना अवस्था पनि गम्भीर छ । मध्यनेपाल नगरपालिका अहिले शोकमा डुबेको छ ।

No comments:

Post a Comment