Monday, May 16, 2016

आँखामुनिको कालो घेरा हटाउने ५ उपाय



शरीरमा पोषक तत्वको कमी, रातको समयमा अनिँधो बसेर लामो समय काम गर्ने बानी, कमजोर, तनाव तथा हर्मोनजन्य गडबडीका कारण आँखाको तलपट्ट कालो घेरा अर्थात् डार्क सर्कल देखा पर्दछ
यसले अनुहारको सुन्दरतामा ठूलो असर पूराउँदछ त्यसैले डार्क सर्कल धेरैको चिन्ताको विषय बन्दछ तर चिन्ता गर्नुपर्दैन केही घरेलु उपाय द्धारानै छोटो समयमा डार्क सर्कल हटाउन सकिन्छ डार्क सर्कल हटाउने उपाय यस्ता छन्ः
1.      एउटा काँचो आलु लिनुहोस् त्यसको जुस बनाउनुहोस् उक्त रसलाई कपासको सहयोगले आँखामुनिको कालो घेरा अर्थात् डार्क सर्कल क्षेत्रमा लगाउनुहोस् १०-१५ मिनेटसम्म मज्जाले सुक्न दिनुहोस्  मनतातो पानीले मुख धुनुहोस् दिनमा दुइपटक यस्तो गर्नाले १० दिनमै तपाइँको डार्क सर्कल कम हुन्छ
2.      एक चम्चा कागतीको रस एक चम्चा गोलभेँडाको रस मिलाएर कालो घेरामा लगाउनुहोस् १० मिनेटपछि धुनुहोस् लगातार केही दिनसम्म दिनहुँ यहीँ प्रक्रिया दोहोराउनुहोस्
3.      दिनमा दुइपटक चम्चा कागतीको रस डार्क सर्कलमा मज्जाले लगाउने १० मिनेटपछि धुने
4.      दुइवटा टि ब्यागलाई आधा घण्टा फ्रिजमा राख्नुहोस् चिस्याउनुहोस् त्यसपछि निकालेर ती टिब्यागलाई डार्क सर्कलमा १० मिनेटसम्म राख्नुहोस् त्यसपछि पानीले अनुहार धुनुहोस्
5.      आँखाको तल डार्क सर्कल भएको ठाउँमा नरिवलको तेलले मज्जाले मालिस गर्नुहोस् मिनेटपछि अनुहार धुनुहोस् दिनमा पटक यसो गर्नाले १० दिनमा तपाइँको डार्क सर्कल कम हुनेछ


No comments:

Post a Comment