Thursday, May 12, 2016
‘नेपालले चीनको समर्थनमा भारतलाई धम्क्यायो, सीमामा पुरै तारबार लगाउनुपर्छ’
काठमाडौं, २९ वैशाख । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)का एक जना सांसदले नेपालले चीनको समर्थन लिएर भारतलाई धम्क्याएको आरोप लगाएका छन् ।
बुधबार भारतीय तल्लो सदन लोकसभा बैठकमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी बीजेपीका सांसद निशिकान्त दुबेले पछिल्लो समय नेपालले चीनसँग मिलेर भारतलाई बारम्बार धम्क्याइरहेको आरोप लगाए ।
उनले भने- ‘नेपालले दिल्लीबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । काठमाडौंमा रहेका हाम्रा राजदूतलाई पनि फिर्ता पठाउने षडयन्त्र गरिरहेको छ । आफैमा कमजोर भएरपनि नेपालले चीनको समर्थनमा भारतलाई धम्क्याइरहेको छ । यो राम्रो कुरा होइन् ।’
उनले बेलैमा भारतले नेपालप्रति कठोर नीति अख्तियार गर्नुपर्ने धारणा राखेको भारतीय पत्रिका द इण्डियन एक्सप्रेसले जनाएको छ ।
नेपालको सीमामा पुरै तारबार लगाउन माग
यसैबीच लोकसभा बैठकको शून्य समयमा बोल्ने क्रममा बीजेपी सांसद दुबेले नेपालसँग जोडिएका सबै सीमाहरुमा भारतले तारबार र पर्खाल लगाउनुपर्ने बताए ।
उनले भने- ‘नेपाल चीनतर्फ झुक्यो । यो भारतका लागि खतरा हो । अब कठोर नीति अख्तियार गर्दै पाकिस्तान र बंगलादेशको सीमामा जस्तै नेपालतिर पनि तारबार लाउनुपर्छ । यसमा सरकारको ध्यान जाओस् ।’
निकै आक्रोशित भएर बोलेका सांसद दुबेले भारतमा राजदूत फिर्ता बोलाउने र राष्ट्रिपतिको भ्रमण रद्द गर्ने ओली सरकारको निर्णयमा आपत्ति जनाएका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment