Thursday, May 19, 2016

कार्गोवाहक विमान दुर्घटनामा सातको मृत्यु

अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डमा बुधबार राती भएको एक कार्गोवाहक विमान दुर्घटनामा परी कम्तीका सात व्यक्तिको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले बिहीबार सो जानकारी दिएका छन्। हेलमान्ड प्रान्तको गरम्सेर जिल्लामा रहेको द्वयेर विमानस्थलबाट नौ यात्रु लिएर उडेर सो विमान केही समयपछि नै दुर्घटनाग्रस्त भएको एक अफगान अधिकारीले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन्। अजरबैजानी एयरलाइन्ससँगआवद्ध यस विमानले द्वयेरमा रहेको सैन्य शिवीरलाई आवश्यक साम्राग्रीहरु आपूर्ति गर्दै आएको बताइएको छ। उक्त सैन्य शिवीर संयुक्त गठबन्धन सेनाबाट सञ्चालन हुदै आएको पनि सो स्रोतले जानकारी दिएको छ । चालक दलका सदस्य अजरबैजानी, युक्रेन र उज्बेकिस्तानमा रहेका जनाइएको छ। प्रारम्भिक समाचारअनुसार यस विमानमा सवार सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण र कारण भने हाल प्रष्ट भईनसकेको बताइएको छ । रासस /एपी

No comments:

Post a Comment