Monday, May 16, 2016
सोनाक्षीको स्वागतमा सेनाका जर्नेल काण्ड दिल्लीसम्म पुग्यो
काठमाडौं, ३ जेठ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा नेपाली सेनाका जर्नेल खटिएको विषय दिल्लीसम्म पुगेको छ ।
यो विषयलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकताका छापेका छन् । भूकम्प पीडितको सहयोगार्थ सैनिक श्रीमती संघले शनिबार आयोजना गरेको अमरपक्षी नामक कन्सर्टका लागि गत शुक्रबार सोनाक्षी काठमाडौं आएकी थिइन् । उनलाई स्वागत गर्न नेपाली सेनाका जर्नेल समीर थापासहितको टोली त्रिभुवन विमानस्थल पुगेको थियो ।
नेपालमा अहिले निकै विवादित बनेको यो विषय भारतसम्म पुगेको हो । किनकि स्वागत गरिएकी हिरोइन भारतकी थिइन् ।
सोनाक्षीलाई स्वागत गरेको विषयमा प्रधानमन्त्री कार्यालयले रक्षा मन्त्रालयसँग र रक्षा मन्त्रालयले नेपाली सेना लिखित जवाफ (स्पष्टिकरण) मागेको विषय भारतका मिडियामा पनि हेडलाइन बनेको छ ।
यो विषयले दिल्लीका साथै बलिउड पनि तातिएको छ । हिजो मात्रै महानायक राजेश हमालले सामाजिक सञ्जालमार्फत सेनाका जर्नेल हिरोइनको स्वागतमा गएको विषयले नेपाली सेनाले हिनतावोध गराएको भन्दै दुःख व्यक्त गरेका थिए ।
हेर्नुस् भारतीय मिडियाको समाचारः
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment