Monday, May 2, 2016

अमृत हो तीते करेला, खाएको एक हप्तामै यसरी निको पार्छ भयानक रोगहरु




एजेन्सी गर्मी बढेसँगै करेलाको सीजन सुरु हुन्छ
औषधिको रुपमा हेरिने करेला मानव शरीरका निकै फाइदाजनक मानिसहरु गर्मीयाममा करेलाको तरकारी बढी खाने गर्दछन् करेलाले घामबाट पनि बचाउने बताइन्छ
थाहा पाउनुस् करेलाका फाइदाहरुः
खानामा रुचि बढाउँछ
छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ
खाएको कुरा राम्ररी पचाउँछ
पेटसफा राख्दछ
कब्जियत हुन दिँदैन
पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ
रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ
मधुमेह रोगीलाई
इन्सुलिनको काम गर्छ
यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, -हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ
तीते करेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ
औषधिको रूपमा तीते करेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ
तीते करेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ
साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ
मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ
तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ
आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ
तीते करेलाको पात आगोमा तताएर सिधेनुन सँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ
बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ यसका लागि -दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ
तीते करेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ
तीते करेलाको जराको रसमा बराबरमात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग -स्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ
अन्य उपयोगिता: तीते करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ

No comments:

Post a Comment