Thursday, May 19, 2016

बुद्ध जयन्तीको दिन प्राणि हिंसा गर्न नपाईने

आगामी जेठ ८ गते बुद्ध जयन्तिका दिन कुनैपनि किसिमको प्राणी हिंसा नगर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्लामा रहेका सम्पूर्ण मासु व्यवसायी, होटल व्यवसायी लगायत कसैले पनि हत्या हिंसा नगर्न कार्यालयले सूचना निकालेर आग्रह गरेको हो। यदि उक्त दिन जिल्लामा प्राणि हिंसा गरेको पाईए प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत कार्यालयले सचेत गराएको छ।

No comments:

Post a Comment