Monday, May 16, 2016

मुटुमा करेन्ट पठाई बिरामी बचाइयो

बनेपाः काभ्रेमा पहिलो पटक मुटुमा करेन्ट पठाएर अर्थात् इम्प्लान्टेबल कार्डियाक डिफिब्रिलेटर (आइसिडी) प्रविधिको प्रयोग गरेर एक बिरामीको सफल उपचार गरिएको छ । मुटुको धड्कन बन्द भएको अवस्थामा नियन्त्रण र काम गर्ने उक्त नयाँ प्रविधिबाट पनौतीका ५८ वर्षीय केशव गौतमको सफल उपचारपछि बचाएको सिरमेमोरीयल अस्पताल बनेपाले जनाएको छ । ‘करिब दुई घण्टाको शल्यक्रियापछि गौतमको शरीरमा हामीले सफल रुपमा आइसिडि प्रविधि जडान गरि बचाएका छौँ ।’ नर्भिक अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. शिवजी विक्रम सिलवालकोे भने ‘यो बनेपा स्थित शिर मेमोरियल अस्पतालमा गरिएको काभ्रे जिल्लाकै पहिलो सफल उपचार हो ।’ उनले भने, ‘दुई पटक हृदयाघात भएर दुवैपटक एन्जियोप्लाष्टी गरेका गौतमको मुटुको चाल अचानक बन्द हुँदै बेहोस हुने समस्याबाट छुटकारा दिलाउन हामीले यो प्रविधिको जडान मुटुमा जडान गरेका हौँ ।’ जुनसुकै बेलामा पनि अचानक मुटुमा करेन्ट प्रवाह बन्द भएर मानिसको मृत्यु हुने खतरा रहन्छ । त्यही सम्भावित खतराबाट जोगाउन र मुटुमा आवश्यकता अनुसार करेन्ट प्रवाह गर्न गौतमको शरीरमा उक्त प्रविधि जडान गरिएको बताए । ‘मुटुको चालमा अनियमितता हुँदा हुने असामयिक मृत्युबाट जोगाउँन मुटु भित्र सक दिएर चाललाई समान्य बनाउँछ,’ उनले भने । डा सिलवालका अनुसार आइसिडी गौतमको छातिमा राखिएको छ । उक्त आइसिडीको तार मुटुमा लगेर जोडिएको छ । मुटुको करेन्ट उत्पादन हुने ठाँउमा लगिएको उक्त तारले मुटुमा करेन्ट उत्पादन हुन सकेन भने मात्र काम गर्छ । यो प्रविधिले मुटुको चाल स्वचालित रुपमा अवलोकन गरेर बसिरहेको हुन्छ । यो प्रविधी जडान गर्न पाँच लाख लाग्ने अस्पतालले जनाएको छ । उपचारका लागि डा. शिलवालको नेतृत्वमा डा. एन्जीला बस्नेत, लक्ष्मण थापा, प्रलाद शर्माले शल्यक्रिया गरेका थिए ।

No comments:

Post a Comment