Monday, May 16, 2016

ट्रकको ठक्करबाट काठमाडौंमा एकको मृत्यु, ललितपुरमा स्कुल बस पल्टियो

जेठ । सोमबार राजधानीमा दुई दुर्घटना भएका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाँट चाँदनिचोक नजिक आरजे बालुवा डिपोमा बा.१ ख ९८८६ नम्बरको मिनिट्रक बालुवा भरी पछाडि हटाउने क्रममा सोमबार ठक्कर दिँदा गम्भीर घाइते भएका मकवानपुर आग्रा–८ का २ वर्षीय योगेश लामाको सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । चालक सोही ठाउँ बस्ने मकवानपुर पालुङका २४ वर्षीय सानु गोले र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी ललितपुरको लुभु शंखादेबीस्थित सडकमा बा.१ क ५४८९ नम्बरको बालकुञ्ज उच्च मा.बि.को विद्यार्थी बस सोमबार अनियन्त्रित भई पल्ँिटदा २० जना विद्यार्थीहरु घाइते भएका छन् । उनीहरुलाई तत्काल उपचारको लगि बि एण्ड बि अस्पताल लगिकोमा १८ जना उपचार पछि डिस्चार्ज भएका छन् । १ जनाको सोही अस्पतालमा र अर्का १ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment