Monday, May 16, 2016
सिंहदरबार घेराऊको दोस्रो दिनः राजेन्द्र महतोले यसरी प्रहरीलाई ‘अट्याक’ गर्दै
काठमाडौं, ३ जेठ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले घोषणा गरेको सिंहदरबार घेराऊ कार्यक्रम आज दोस्रो दिनपनि जारी छ ।
मधेशी नेताहरूको प्रदर्शनले सिंहदरबार वरिपरिको ट्राफिक आज पनि अस्तव्यस्त बनेको छ । यसैबीच सिंहदरबार छिर्न नदिने उद्देश्यले प्रहरीले लगाएको घेराबन्दी मधेशी मोर्चाका नेताहरूले आज तोड्ने योजना बनाएका छन् ।
स्रोतका अनुसार सिंहदरबारको दक्षिणी गेटलाई लक्षित गर्दै हनुमानस्थान पट्टि घेराव कार्यक्रमको नेतृत्व गरिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज कुनै बेला पनि प्रहरी घेराबन्दी तोड्ने प्रयास गर्ने छन् ।
संघीय समाजवाजवादी फोरम नेपाल बाहेकका मधेशी मोर्चामा आबद्ध सबै दलका अध्यक्षहरू महतोले नेतृत्व गरिरहेको हनुमानस्थानमै रहेका छन् । महतो लगायतका मधेशी नेताहरूले आज प्रहरी घेराबन्दी जसरी पनि तोड्ने र दक्षिणी गेटसम्म पुग्ने योजनामा रहेको बुझिएको छ ।
उता फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माईतीघर मण्डलामा घेरावको नेतृत्व गर्दै छन् । तर, मण्डला भन्दा हनुमानस्थान बढि संवेदनशील रहेको र महतोले आफैले सडकमा बसेर धर्ना दिई रहेकोले प्रहरीको यसतर्फ बाक्लो उपस्थिति रहेको र प्रहरीलाई सचेत रहन पनि निर्देश दिइएको छ ।
हनुमानस्थानमा सदभावनाका अध्यक्ष राजेन्द्र महतो सहित लक्ष्मणलाल कर्ण, महेन्द्र राय यादव, शरद सिंह भण्डारी, अनिल कुमार झा, राजकिशोर यादव र तमलोपाको तर्फबाट उपाध्यक्ष वृषेश चन्द्र लगायतका ठूला नेताहरू रहेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment