Wednesday, May 11, 2016

बिहानै ४.४ रेक्टरको भूकम्प

काठमाडौंः धादिङमा केन्द्र बनाएर बुधबार बिहान ४.४ रेक्टरस्केलको पराकम्प गएको छ । बिहान सात बजेर चार मिनेट जाँदा धादिङको मापार्क नजिकै केन्द्र बनाएर ४.४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत वर्ष वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पपछि अझै पनि त्यसका पराकम्प जानेक्रम रोकिएको छैन । उक्त भूकम्प पछि चार रेक्टर स्केलभन्दा बढी क्षमताका चार सय ५२ वटा पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment