Thursday, May 12, 2016
ओली सरकारले पहिलोपटक गर्यो नयाँ निर्णय, मृगौला रोगीले निःशुल्क उपचार पाउने
काठमाडौं, ३० वैशाख । सरकारले मृगौला रोगीको निःशुल्क उपचार गर्ने भएको छ ।
विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले मृगौला पीडितले गर्नुपर्ने डायलासिस (प्रत्यारोपण) निःशुल्क गरिदिने निर्णय गरेको सामान्य प्रशासनमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मृगौलाको डायलासिस निकै महंगो पर्छ । ओली सरकारको नयाँ निर्णयले अब गरिब विरामीले राहत पाउनेछन् । यो निर्णय नेपालमा पहिलोपटक भएको हो ।
यसैगरी सरकारले भारत र चीनसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न दुई समिति गठन गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment