Monday, May 16, 2016
पोर्न सामाग्रीले बढाउँछ कण्डमको प्रयोग
पोर्न सामाग्रीले पुरुषहरुमा कण्डमको प्रयोग गरी सुरक्षित यौन सम्पर्कलार्इ प्रोत्साहित गर्न सकारात्मक भूमिका निर्वाह गर्ने एक नयाँ अध्ययनले देखाएको छ ।
शोध अनुसार कण्डम प्रयोग गरिएका पोनोग्राफी हेर्ने पुरुषहरुले आफैले यौन सम्पर्क गर्दा कण्डम प्रयोग नगरिकन एनल सेक्स गर्ने सम्भावना निकै कम हुन्छ ।
प्लस वन जर्नलको अनलाइन संस्करणमा छापिएको शोध अनुसार इन्टरनेटमा आधारित यौनजन्य सामाग्रीहरु हेर्नाले मानिसहरुमा उल्लेखनीय स्वास्थ्य समस्या उत्पन्न हुने गरेको देखिएको छैन ।
अमेरिकाको कोलम्बिया विश्वविद्यालयको मेलम्यान स्कुल अफ पब्लिक हेल्थका सह प्राध्यापक समेत रहेका शोधकर्ता टोलीका एक सदस्य इरिक स्क्रिमश भन्छन्ः वास्तवमा एक प्रकारको पोर्नोग्राफीले कण्डमको प्रयोगलाई बढावा दिएको पाइयो । कण्डम प्रयोग गरिएका पोर्न सामाग्री हेरेका पुरुषहरुले एनल सेक्स गर्दा कण्डम प्रयोग नगर्ने कुरा निकै कम मात्र पाइयो । अन्य सबैखाले पोर्न सामाग्री हेर्नेहरुमा समेत कण्डम बिना गुँदामैथुन गर्ने दर बढि नपाइएको उनले बताए ।
तर कण्डम प्रयोग नगरिकन एनल सेक्स गरिएका दृश्य समावेश पोर्न सामाग्री हेर्नेहरुमा भने कण्डम प्रयोग नगरीकनै आफुले पनि एनल सेक्स गर्ने दर बढि रहेको पाइएको छ ।
शोधका क्रममा शोधकर्ताहरुले पछिल्लो तिन महिनामा पोर्न सामाग्री हेरेका र एनल सेक्स गरेका २ सय ६५ जना पुरुषको अनाइन सर्भे गरेका थिए ।
१८ वर्ष माथिका पुरुषहरुमा यो अध्ययन गरिएको हो । शोधकर्ताहरुका अनुसार उनीहरुको शोधबाट के निष्कर्ष निकाल्न सकिन्छ भने पुरुषहरुमा सुरक्षित यौन व्यवहारको विकाश गर्नका लागि पोर्न सामाग्रीहरुको प्रयोग एउटा राम्रो उपाय हुनसक्छ । यदि पोर्न सामाग्रीहरुबाटै सुरक्षित यौन व्यवहारको विषयमा सिकाउने हो भने मानिसहरुमा असुरक्षित यौन व्यवहारमा कमी आउने शोधकर्ताहरुको ठम्याइ छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment