Wednesday, May 18, 2016

मोटोपनबाट बच्ने हो ? स्न्याक्सलाई बहिस्कार गर्नुस्

तपाईं अफिसमा काम गर्दागर्दै थाक्नुभयो भने चिया, कफी, लगायत पेय पर्दाथ वा ‘स्न्याक्स’ खाइहाल्नु हुन्छ ? धेरै नै खाने बानी छ भने त्यसलाई हटाउँदा नै राम्रो हुन्छ । नयाँ अध्ययनले पत्ता लगाएको छ की यसरी धेरै स्न्याक्स खोनेहरु मोटोपनको शिकार हुने सम्भावना एकदमै धेरै हुन्छ । कतिपय कम्पनीले उत्पादकत्व बढाउन भन्दै आफ्ना कर्मचारीलाई निःशुल्क स्न्याक्स वितरण गर्ने गरेको पाइन्छ । शोधकर्ताहहरु भने यसो गर्दा कर्मचारीहरु मोटोपनको शिकार हुने र भविष्यमा यसले कम्पनी र कामदार दुबैलाई हानी पुग्ने निश्कर्षमा पुगेका छन् । निःशुल्क पेय पदार्थ र स्न्याक्स बाँड्दा कर्मचारीहरुलाई पटक-पटक खाने आकांक्षा उत्पन्न हुन्छ । यसैका कारण उनीहरु निष्फिक्री अत्याधिक स्न्याक्सको प्रयोग गर्न पुग्छन् । अध्ययनका क्रममा पेय पदार्थमा भन्दा स्न्याक्समा धेरैको रुची भएको पाइएको छ । अध्ययनकर्ता अमेरिकी सेन्ट जोसेफ युनिभर्सिटीका प्रोफेसर अर्नेष्ट बासकीन पेय पर्दाथमा भन्दा स्न्याक्समा धेरैको आकर्षण देखिनु आश्चर्यजनक भएको बताउँछन् । यसका कारण मान्छेमा खानपानको व्यवहारमा परिवर्तन आउने उनको भनाइ छ । अध्ययनका क्रममा पुरुष भन्दा महिला कर्मचारीले स्न्याक्सलाई बढी रुचाएको भेटिएको छ । यो सम्बन्धी शोध एपेटाइट पत्रिकामा प्रकाशन भएको छ ।

No comments:

Post a Comment