Monday, May 2, 2016

अमेरिका पुगेर शशांक कोइरालाले भने- कांग्रेस सरकार परिवर्तनको पक्षमा छैन

क्यालिफोर्निया (अमेरिका), २० वैशाख । अमेरिका भ्रमणमा रहेका नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेस भित्र अब विचारको लडाइँ आवश्यक भएको बताएका छन् । कोइरालाले कांग्रेसलाई बचाउन विचारको लडाइँ आवश्यक भएको बताए । ‘पार्टीलाई जीवन्त बनाउन विचारको लडाइँ आवश्यक छ । अब व्यक्तिगत स्वार्थका आधारमा गुटबन्दी गर्नु हुँदैन,’ कोइरालाले भने । जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले वर्तमान सरकार मधेसको समस्या समाधान गर्न असफल भएको उल्लेख गरे । मधेसको समस्या कांग्रेसले मात्र समाधान गर्न सक्ने दावी गर्दै उनले पार्टीको सुन्दर सिद्धान्त बुझेर मात्र पार्टीमा लाग्न आग्रह गरे । कोइरालाले कांग्रेस सरकार परिवर्तनको खेलमा नरहेको समेत स्पष्ट पारे । न्यूयोर्क, भर्जिनिया, डल्लास, लस एन्जल्स, सानफ्रान्सिस्को, सिकागोमा हुने कार्यक्रममा भाग लिई कोइराला अर्को साता स्वदेश फर्कने कार्यक्रम छ । रासस

No comments:

Post a Comment