Thursday, May 12, 2016
‘नेपाललाई हेर्ने भारतको नजर नै दोषी’
सिन्धुलीः पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाललाई हेर्ने भारतको नजर नै दोषी भएको बताएका छन् ।
बिहीबार प्रेस चौतारी सिन्धुलीले सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले नेपाललाई हेर्ने भारतको नजर नै दोषी भएको बताएका हुन् ।
बुधबार भारतीय संसदमा नेपालप्रति राखिएको चासोप्रति टिप्पणी गर्दै नेपालले भारतले नेपाललाई हेर्ने चस्मा नै दोषी भएको बताएका हुन् ।
‘नेपालको राजनीति र विकासप्रति हेर्ने भारतको चस्मा नै दोषी छ,’ नेपालले भने, ‘नेपालले कहिल्यै पनि भारत र चीनको कार्ड प्रयोग गर्दैन् । हामीसँग आफ्नै कार्ड छ त्यही प्रयोग गर्छौँ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले नेपालको आन्तरिक मामलामा कुनै हस्तक्षेप नगर्न दुवै देशलाई आग्रह गरे । भारतले नेपालको राजनीतिमा देखाएको चासो अनावश्यक भन्दै कुनै पनि देशको हस्तक्षेप आफुहरुलाई सह्य नहुने नेपालले बताए ।
‘नेपाल न भारतको हस्तक्षेप सहन्छ न चीनको, हामी नेपालको समस्या समाधान गर्न आफैँ तयार छौँ,’ नेपालले भने ।
नेता नेपालले देश संक्रमणकालमा गुज्रिरहेको चर्चा गर्दै संक्रमणमा सबैले चलखेल गर्ने बताए । उनले स्थायी सरकारका लागि कांग्रेस र मधेसवादी दललाई सरकारमा आउन आग्रह गरे ।
उनले सहमीय सरकारको नेतृत्व कसले गर्ने भन्नेमा अहिलै टाउँको दुखाउनु नपर्ने भन्दै नेपालले सके वर्तमान सरकारकै नेतृत्वमा सहमतिको प्रयास हुने बताए ।
नेपालले आगामी मंसिर महिनाभित्र स्थानीय निकायको निर्वाचन हुनेमा ठुक्क हुन समेत आग्रह गरे । ‘छिट्टै सहमतिको सरकारले आवश्यक नीति तथा संरचना तयार गरेर आगामी मंसिर महिनाभित्रमा स्थानीय निकायको निर्वाचन गराउने छ,’ उनले थपे ।
राष्ट्रपतिको भ्रमण सरकारकै कारण स्थगित
पूर्वप्रधानमन्त्री नेपालले सोमबारबाट हुने भनिएको राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण सरकारकै कमजोरीका कारण स्थगित भएको बताए ।
नेपालले भने, ‘राष्ट्रपतिको भ्रमण स्थगित हुनुमा भारत र कुटनीतिक कुनै कारण छैन । यसमा नेपाल सरकारकै दोष छ ।’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment