Monday, October 5, 2015
विराटनगर नाकाबाट २४ ट्यांकर पेट्रोलियम भित्रियो
विराटनगर : पूर्वको मूख्य विराटनगर नाकाबाट सोमबार दिउँसोसम्ममा २४ ट्यांकर पेट्रोलियम भित्रिएको छ ।
आइतबार दिउँसो नेपाली र भारतीय पक्षबीच भएको वार्तापछि नाकामा केही खुकुलो बनाउँदै भारतले पेट्रोलियम छाडेको हो ।
वीरगञ्ज र भैरहवा जारी तनावका कारण नाकामा कडाइ गरिएपनि विराटनगरमा नाका शान्त भएपछि भारतीय पक्षले पेट्रोलियमका गाडीलाई प्राथमिकता दिएर छाडेको हो ।
सोमबार दिउँसो सम्ममा ११ ट्यांकर पेट्रोल, १३ ट्यांकर डिजेल र ३ बुलेट ग्यास भित्रिएका हुन् ।
भारतीय पक्षले सोमबारै २८ वटा अन्य माल बोकेका कन्टेनर पनि छाडेको छ । ती कन्टेनरमा स्याउ, प्याजदेखि अन्य कुहिने खाद्यान्न रहेका छन् ।
भारतीय नाकाबन्दीपछि बिराटनगर नाकामा करिब एक हजार मालवाहक र तेलका ट्यांकरको लाइन जोगबनीदेखि फारबिसगन्जसम्म पुगेको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment