Monday, October 5, 2015
निगमका क्षेत्रीय प्रबन्धक चार घण्टा आन्दोलनकारीेको नियन्त्रणमा
वीरगन्ज–नेपाल आयल निगम वीरगन्ज क्षेत्रीय कार्यालयका प्रबन्धक अशोक साहलाई वीरन्जमा आन्दोलनकारीले नियन्त्रणमा लिएर धर्नामा बसाएका छन्। सोमबार बिहान पेट्रोलियम पर्दाथ आपूर्तिको कुरा गर्न सिमावर्ती भारतको रक्सौलस्थित इण्डियन आयल कर्पोरेशनको डिपोमा जाँदै गरेका साहलाई उनीहरुले सिमानाकाबाट नियन्त्रणमा लिएका थिए।
आन्दोलनप्रति समर्थन जनाउन नाकाबन्दीको धार्नामा आन्दोलनकारीले नियन्त्रणमा लिएर बसाएको चार घण्टापछि साहलाई वीरगन्ज फिर्ता पठाइएको संघीय समाजबादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले बताए । तेलका लागि सिमापारि नजाने चेतावनी दिँदै उनलाई छोडिएको थियो। साह सकुशल रहेको जिल्ला प्रसाशन कार्यालय पर्साले जनाएको छ।
प्रमुख जिल्ला अधिकारीलाई आन्दोलनकारीले साहलाई जिम्मा लगाउन खोजेका थिए। 'यो के नचाहिने काम तपाईहरुले गरेको भनेर मैले भनेपछि साहलाई वीरगन्ज भन्सार नाकामा ल्याएर छोडिएको थियो। आन्दोलनकारीको कब्जामा हुँदा साहलाई मधेश आन्दोलनको समर्थनमा नारा लगाउन बाध्य पारिएको थियो। सिमापारी ६३ वटा रहेका ट्यांकरमा तेल भराउन उनी रक्सोल डिपो गइरहेका थिए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment