Monday, October 5, 2015

गुल्मीमा बस दुर्घटना दुईको मुत्यु, २० बढी घाइते

गुल्मी–गुल्मीको सदरमुकाम तम्घास उर्लेनीमा बस दुर्घटना हुँदादुई जनाको मृत्यु भएको छ। उर्लेनीमा रहेको विश्वकर्मा बाबामन्दिरको नजिकै बुटवलबाट तम्घास आउँदै गरेको लु १ ख ४१६१ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा मादुई जनाको मृत्यु भएको घटनास्थलमा रहेका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष खुम खत्रीले बताए। दुर्घटनामा २० भन्दा बढी घाइते भएका छन्। घाइते धेरैको अवस्था गम्भीर रहेको छ थप विवरण आउन बाँकी छ।

No comments:

Post a Comment