Monday, October 5, 2015
मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेपछि बेलहिया नाका तनावग्रस्त
काठमाडौं : मधेसी मोर्चाका कार्यकर्ताहरु भारतीय भूमिबाट आएर भैरहवास्थित बेलहिया नाकामा धर्ना बसेपछि स्थिति तनावग्रस्त भएको छ ।
नेपाली नाका थुन्न भारतीय सुरक्षाकर्मीको आडमा भारतकै भूमिबाट धर्नामा बसेका मोर्चाका कार्यकर्ताले नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त भएको हो ।
भारतीय भूमिबाट ढुंगामुढा भएपछि नेपाली सुरक्षाकर्मीले प्रतिकार गर्दा झडप भएको हो ।
बिहानैबाट सुचारु भएर मालवाहक गाडी आइरहेका बेला मोर्चाका कार्यकर्ता ढुंगामुढा गरेपछि बेलहिया नाका फेरि ठप्प भएको छ ।
भारतले नाकाबन्दी खोले पनि भारतीय सुरक्षाकर्मीकै आडमा मोर्चाका कार्यकर्ता भारतीय भूमिबाटै आएर धर्नामा बस्न थालेपछि बेलहिया नाका दैनिकजसो तनावग्रस्त हुन थालेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment