Sunday, October 4, 2015
जोगवनी नाका सुचारु गर्न पाँच बुँदे सहमति,पेट्रोलका १२५ ट्यांकर र ग्यासका बुलेट आजै आउने
विराटनगर : भारतीय विदेश मन्त्रालयले नाकाबन्दी खुलाउन निर्देशन दिएपछि विराटनगरको जोगवनी नाकास्थित भन्सारका दुवै तर्फका अधिकारीहरुको संयुक्त बैठक बसेर आपूर्ति सुचारु गर्न पाँच बुँदे सहमति भएको छ।
विराटनगर : भारतीय विदेश मन्त्रालयले नाकाबन्दी खुलाउन निर्देशन दिएपछि विराटनगरको जोगवनी नाकास्थित भन्सारका दुवै तर्फका अधिकारीहरुको संयुक्त बैठक बसेर आपूर्ति सुचारु गर्न पाँच बुँदे सहमति भएको छ।
पेट्रोल र डिजेल बोकेका १२५ वटा ट्यांकर र ग्यासका केही बुलेट आजै नेपाल ल्याउने तयारी छ। विराटनगरस्थि रानी भन्सार कार्यलयका प्रमुख कृष्ण बस्नेत र भारतीय भन्सारका प्रमुख प्रनेश गुप्ताको नेतृत्वमा बसेको दुवै पक्षका अधिकारी तथा कर्मचारीको बैठकले भन्सार जाँच तथा अन्य प्रक्रियालाई सहज बनाउने सहमति भएको हो। आजैदेखि नाका सुचारु हुने भएको छ।
पाँच बुँदे सहमतिमा औषधी, तेल, ग्यास, खाद्यन्नका समानलाई प्राथमिकता दिएर सहज रुपमा आपूर्ति गर्ने, नेपालतर्फ आउने मालबाहक गाडीहरुलाई स्कर्टिङसहित सुरक्षा प्रदान गर्ने, भन्सारमा उद्योग बाणिज्य संघको हेल्प डेस्क राख्ने उल्लेख छ।
रानी भन्सार कार्यलयका प्रमुख बस्नेतले भारतीय पक्षसँग चार बुँदे सहमति भएकोले अब आपूर्ति सहज हुने र भन्सार जाँपासमा समस्या नहुने बताए।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment