Sunday, October 4, 2015
पूर्वी नाका काँकडभिट्टामा तेल बोकेका ट्यांकरलाई नेपाल आउन दिइएन्
भद्रपुर, १७ असोज । भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीलाई छिचोल्दै पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट मालवाहक गाडी भित्रिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विविध सामान बोकेको ती गाडी हिजो साँझ १२७ वटा र आज बिहानदेखि अहिले सम्ममा १२ वटा गाडी भित्रिइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
इन्धन र ग्यासको कुनै पनि गाडी यो प्रवेशद्वारबाट नेपाल नभित्रिए पनि भारततर्फ पाँच वटा ग्यासको गाडी रोकिएर रहेकाले साँझसम्ममा नेपाल भित्र्ने सम्भावना रहेको प्रहरीको भनाइ छ । नेपाली फस्ट न्युज
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment