Saturday, October 31, 2015

भरतीय पक्षद्वारा ४८ घण्टाका लागि नाका सिल



वीरगञ्ज–नेपाल–भारतवीच पर्ने वीरगंज रक्सौल नाका शनिबारबाट ४८ घण्टाका लागि सिल गरिएको छ । भारतको बिहारमा जारी विधानसभा निर्वाचन आन्तरगत चौथो चरणको मतदानलाई मध्य नजर गर्दै भारतीय प्रहरी तथा नेपाल प्रहरीले नाका सिल गरेका छन् । भारत विहार राज्यको मोतिहारी, मुजफ्रपुर,सितामढी,बेतिया र बगहा लगायत ४९ सिटकालागि आज (आइतबार) मतदान हुदैं छ । मतदान सम्पन्न भएपछि भोली सोमबार बिहानै देखी नेपाल–भारत वीच पर्ने वीरगंज रक्सौल सिमालाई सुचारु गरीने भारतीय सुरक्षाकर्मीहरुले बताए । रक्सौल नाका सिल भएपछि पैदल यात्रुलाई समेत रोक लगाउनुको साथै सिमाक्षेत्रको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ । बिहारमा हुन लागिएको चौथो चरणको मतदानकालागि बारा, पर्सा, रौतहट, सर्लाही, नवलपरासी जिल्ला संग जोडिएको भारतीय सम्पुर्ण नाकालाई समेत ४८ घण्टाका लागि सिल गरिएकोे छ । मधेशी मोर्चा विगत ३८ दिन देखी दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा धर्ना बस्दै आए पनि नेपाल–भारत वीच पर्ने वीरगंज रक्सौल नाका सिल भएपछि धर्ना स्थल नै सुनसान भएको छ । मधेशी मोर्चाका स्थानिय नेता शिव पटेलले आज विहारमा मतदान भएका कारण नेपाल प्रहरीले आउजाउमा रोक लगाएपछि धर्ना स्थल सम्म पुग्न नसेकाका कारणले धर्ना स्थल खाली रहेको छ । 

सेना नभएका ८ देश जसले आवश्यकता पर्दा भाडामा सेना लिन्छन्




संसारमा अमेरिकाले सेनालाई धेरै खर्च छ । अमेरिकापछि चीनले सैन्य क्षेत्रमा अत्याधिक खर्च गर्ने गरेको छ । यि त भए सेनाका लागि लगानी गर्ने राष्ट । संसारमा त्यस्ता देशहरु पनि छन्, जहाँ सेना नै छैन् । आवश्यकता परेको अवस्था ति देशहरुले विदेशबाट सेनालाई भाडामा लिने गरेका छन् ।
कोस्टारिका
सन् १९४८ को राष्टपति चुनावमा धाँधली भएपछि कोस्टारिकामा जनविद्रोह भएको थियो । त्यसपछि शासनसत्ता विद्रोहीहरुले कब्जामा लिए । नयाँ संविधान जारी गरियो । नयाँ संविधान जारी भएसँगै सैन्य व्यवस्था खारेज भयो । सन् १९५३ पछि कोस्टारिकामा १४ पटक राष्टपतिको चुनाव भइसकेको छ । सबै चुनाव शान्तिपूर्ण रुपमै सम्पन्न भएको छ । आवश्यकता पर्दा कोस्टारिकाले भाडामा सेना लिने गरेको छ ।
लिस्टेनश्टाइन
सन् १८६८ मा लिस्टेनश्टाइनले आफ्नो सेना भंग गरेको थियो । सेनाका लागि गर्नुपर्ने खर्च धेरै भएको भन्दै लिस्टेनश्टाइनले सेना विघटन गरेको थियो । त्यतिबेला नै सरकारले कुनै युद्धको आशंका भएमा तुरुन्तै सेना बनाउने भनेको थियो । तर अहिलेसम्म लिस्टेनश्टाइनले कुने देशसँग युद्ध गर्नुपरेको छैन् । यो देश कालो धनका कारण पनि चर्चामा आउँछ ।
समोआ
सन् १९६२ मा यो देश न्युजिल्याण्डबाट स्वतन्त्र भएको थियो । त्यसपछि अहिलेसम्म यो देशले सेना बनाएको छैन् । स्वतन्त्रताकै समयमा न्युजिल्याण्डले अफ्टेरो परेको परिस्थितीमा यो देशलाई सेना दिने आश्वासन दिएको थियो ।
एन्डोरा
युरोपको देश एन्डोरा सेना विहिन अर्को देश हो । एन्डोरालाई स्पेन र फ्रान्स आवश्यकता पर्दा सेना उपलब्ध गराउने आश्वासन दिएका छन् । यो देश कर नतिर्नेहरुका लागि स्वर्ग मानिन्छ ।
तुवालू
सन् २०१४ मा बनेको भारत प्रशान्त द्धीप सहयोग संगठनको एक सदस्य राष्ट हो, तूवालू । यो देश कुनै समय ब्रिटेनको अधिनमा थियो । यो सानो देशको क्षेत्रफल केवल २६ वर्ग किलोमिटर छ । त्यस्तै यहाँ केवल १० हजार जनता मात्रै छन् । बेलायतमा जस्तै यस देशमा पनि संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र छ ।
भ्याटिगन सिटी
इटलिको राजधानी रोममा रहेको भ्याटिगन सिटी संसारकै सबैभन्दा सानो देश हो । यस देशमा केवल ८ सय ४० जना बस्छन् । यसको क्षेत्रफल शुन्य दशलमव ४४ वर्गकिलोमिटर छ । यो क्याथोलिक चर्चको मुख्यालय हो । यस देशमा पनि सेना छैन् ।
ग्रेनेडा
ग्रेनेडा एउटा ठूलो टापू तथा बाँकी ससाना टापू मिलेर बनेको देश हो । यो देशको जनसंख्या १ लाखको हाराहारीमा छ । सन् १९८३ मा यहाँ सैनिक विद्रोह भएको थियो । त्यसपछि अमेरिकी हस्तक्षेप भयो । अहिले यहाँ सेना छैन् ।
नाउरु
नाउरु प्रशान्त महासागरमा रहेको टापू हो । यो देश २१ दशमलव १० वर्गकिलोमिटरमा फैलिएको छ । यहाँ १० हजार मानिस बस्छन् । एक सम्झौतापछि अस्टेलियाले नाउरुको सुरक्षाको जिम्मा लिएको छ । त्यसैले यस देशको छुट्टै सेना छैन् ।

भारतीय सुरक्षाकर्मी पटक–पटक नेपाल प्रवेश

कार्तिक १५, २०७२- दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा मधेसवादी दलको जारी धर्नामा साइकल र मोटरसाइकलबाहेकका सवारी ओहोरदोहोरमा निषेध गरिएको छ।  भीडभाड कम भएका बेला एकाध रिक्सा निस्किन्छन्। तर पछिल्लो सातायता भारतीय उच्च प्रहरी अधिकारीको ३ वटा टोली गाडीमा सवार भएर धर्नास्थल हुँदै वीरगन्ज प्रवेश गरेका छन्। शुक्रबार साँझ करिब ६ बजे बीआर ३३ एम ७६१६ नम्बरको खैरो रंगको बोलेरो र बीआर ०९ आर ३९५३ नम्बरको सेतो स्कार्पियो गाडीमा सवार डीएसपीसहितका भारतीय प्रहरी धर्नास्थलकै बाटो प्रयोग गरी नेपाल प्रवेश गरेका थिए। धर्नास्थलबाट करिब ३ सय मिटरको दूरीमा रहेको नेपाल प्रहरीको इनर्वा सीमा चौकीका सुरक्षाकर्मीले चेकजाँचका क्रममा भारतीय प्रहरी गाडी रोकेका थिए।  पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बर्दी र हतियारसहित नेपालभित्र जान नमिल्ने भन्दै सीमा चौकीका प्रहरीले रोकेको बताए। ‘बर्दी र हतियारसहित नेपाल प्रवेश गर्न नमिल्ने बताएपछि एउटा गाडी फर्कियो,’ कान्तिपुरसँग उनले भने, ‘अर्को गाडीमा सादा पोसाकमा बसेका व्यक्ति वीरगन्ज पसे।’ स्रोतका अनुसार सीमावर्ती विहार राज्यमा जारी विधानसभा निर्वाचनमा प्रचारप्रसार गर्न आएको भीआईपी टोलीको एस्कर्टिङमा डीएसपीको टोली पछिपछि आएको थियो। नेपाल प्रहरीले भारतीय प्रहरीलाई फिर्ता पठाएपछि भीआईपीको टोली वीरगन्जमा किनमेल र नास्ता गरेर राति करिब ९ बजेतिर रक्सौल फर्केको थियो। यसैगरी शुक्रबार बिहान पनि भारतीय प्रहरी गाडीमै सवार भएर नेपाल प्रवेश गर्ने क्रममा सीमा प्रहरी चौकी इनर्वाले रोकेको थियो। बर्दीसहित २ वटा गाडीमा चढेर आएका उनीहरूलाई झन्डै ४ घण्टा सोधपुछ गरी फिर्ता पठाइएको थियो। सात दिनअघि पनि जारी मधेस आन्दोलनको केन्द्रविन्दु बनेको वीरगन्ज नाका भएर भारतीय प्रहरीका एक एसपी ५ जनाको हतियारधारी टोली अन्तर्राष्ट्रिय नाकाबाट १५ किलोमिटर भित्रसम्म प्रवेश गरेका थिए। मधेसवादी दलले वीरगन्ज र रक्सौल नाकाबीचको मितेरी पुलमा सवारी साधन आवागमन ठप्प पारे पनि ती प्रहरी साइरन बत्ती भएको भारतीय जिपमा पुल पार गरेर नेपाल प्रवेश गरेका थिए। साँझ करिब ७ बजेको समयमा एमपी ओ३ए १९१५ नम्बरको गाडीमा प्रवेश गरेका भारतीय प्रहरी वीरगन्ज भन्सार हुँदै रजतजयन्ती चोक भएर बाइपास सडक समाएर अन्तर्राष्ट्रिय नाकाबाट करिब १५ किलोमिटरभित्र परवानीपुरसम्म पुगेका थिए। त्यहाँ चेकजाँचमा तैनाथ पर्सा प्रहरीले गाडीबाट एक थान एके ४७ र त्यसमा प्रयोग हुने ३० राउन्ड गोली बरामद गरेको थियो। प्रहरी स्रोतका अनुसार गाडीमा मध्य प्रदेश रिवा जिल्ला ‘स्पेसल आर्म फोर्स’ ९ औं बटालियनका एसपी नरबदाप्रसाद बरकडे बसेका थिए। हतियार र बर्दीसहित नेपाली भूमिमा प्रवेश निषेध रहेको ड्युटीमा खटिएका प्रहरीले बताएपछि भारतीय प्रहरीले अञ्जानवश प्रवेश गरेको जवाफ दिएका थिए। ‘काठमाडौंमा रहेको पशुपतिनाथको दर्शनका लागि हिँडेका थियौं,’ भारतीय प्रहरीलाई उद्धृत गर्दै एक प्रहरीले भने, ‘हामीले बर्दी र हतियार यहीं राखेर जान भनेपछि आफ्नै देश फर्किने बताए।’ वीरगन्ज रक्सौलबीचको मितेरी पुलमा विगत एक महिनाभन्दा बढी दिनदेखि जारी मधेसी मोर्चाको धर्नाका कारण हल्का सवारी साधन र साइकलबाहेकका सवारी पुल भएर चलेका छैनन्। भारत तथा तेस्रो मुलुकबाट आउने मालवाहक सवारी र इन्धन आपूर्ति ठप्प गर्ने उद्देश्यले आन्दोलनरत पक्ष मुलुकको प्रमुख नाकामा गत असोज ७ गतेदेखि बाँसमा समेना (पाल) टाँगेर धर्नामा बसेका छन्।  पारि रक्सौलका व्यापारी महेशकुमार अग्रवालको गोदाम परिसरमा सञ्चालित मेसमा खाना खाएर रातको समयमा त्यही पालमुनि सुत्दै आएका छन्। एम्बुलेन्स पनि जाने बाटो नरहेको धर्नास्थलबाट भारतीय प्रहरीका गाडी निर्वाध रूपमा आउँदा आन्दोलनकारी दलको छवि नकारात्मक बन्दै गएको छ। स्रोतका अनुसार भारतीय प्रहरीका गाडी आउँदा धर्नामा बसेका नेता समेना टाँगिएका बाँस हटाएर गाडी प्रवेश गराउँछन्। ‘गाडी फर्किने बेला हात हल्लाएर बिदाइसमेत गर्छन्,’ ती स्रोतले भन्यो। सीमावर्ती क्षेत्रका बासिन्दा पैदल मितेरी पुल वारपार गर्छन्। पुलको दुवै छेउसम्म रिक्सा, टाँगा र टेम्पो चल्ने गरेका छन्। नाका सिल, धर्ना भने हटेन  सीमावर्ती विहार विधानसभाको चौथो चरणको निर्वाचनका लागि भारतीय प्रशासनले शनिबार बिहानदेखि ४८ घण्टासम्मका लागि प्रमुख नाका सिल गरेको छ। भारतीय सुरक्षाकर्मीले रक्सौल कस्टमको ढाट खसाएका छन्। ढाटभन्दा मात्र ३० मिटरको दूरीमा मधेसवादी दलका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन्। जानकारका अनुसार यसअघिका लोकसभा र विधानसभाका निर्वाचनका लागि बोर्डर सिल हुँदा भारतीय सीमा सुरक्षा बलले मितेरी पुलमा यात्रुलाई उभिन समेत दिँदैनथे। 

चीनले अनुदानमा दिएको पेट्रोल नेपाल भित्रियो

कार्तिक १५, २०७२- चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ लिएर नेपाली ट्यांकरहरु गएराति साढे ९ बजे रसुवाको रसुवागढी नाका भित्रिएको छ । नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता दिपक बराल सहितको टोली र ३ वटा पेट्रोल बोकेका ट्यांकर रसुवा भित्रिएको हो ।
बाक्लो हिउँ परेका कारण पेट्रोल आउन ढिलाई भएको निगमका प्रवक्ता दिपक बरालले बताए । चीनको केरुङ भन्दा ४ किलोमिटरमाथिबाट नेपाली ट्यांकरले पट्रोलियम पदार्थ भरेका थिए । आजआइतबार २७ हजार लिटर पेट्रोल बोकेर ती ट्यांकर काठमाडौंस्थित थानकोट डिप्पोमा पुग्ने छन् ।
शुक्रबार १२ ट्यांकर रसुवा आएका थिए । त्यसमध्ये चिनियाँ अधिकारीले शनिबार दिउँसो ३ वटा ट्यांकरलाई इन्धन भर्ने अनुमति दिएका थिए । चीनले केरुङमा १ सय मेट्रिकटन पेट्रोल ल्याएको छ । मधेस आन्दोलनले पेट्रोलियम पदार्थ भित्र्याउन सहज नभएपछि नेपाल आयल निगमले चीनसँग इन्धन खरिद सम्झौता गरेर गरेर पेट्रोलियम पदार्थ ल्याउन थालेको हो । आज ९ वटा ट्यांकर इन्धन भर्न चीनको केरुङ जाने छन् । भरेर आएका पेट्रोलियम पदार्थका ट्यांकर सशस्त्र सीमा सुरक्षाबल र नेपाल प्रहरीले सुरक्षा दिएका छन् । चीनबाट यसरी पेट्रोलियम पदार्थ नेपालले ल्याइएको पहिलोपटक हो ।

ट्यांकर चालकको आन्दोलनले इन्धन आएन



विराटनगर : ट्यांकर चालकले सुरक्षाको ग्यारेन्टी नहुन्जेलसम्म भारततर्फ पेट्रोलियम लिन नजाने अडान लिएका छन् । चालकले शनिबार नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरअगाडि एक घन्टा धर्ना बसेर यस्तो अडान लिएका हुन् ।

शनिबार चालक भारत नगएपछि जोगबनी नाका भएर एउटा पनि इन्धन बोकेका ट्यांकर नेपाल आएनन् । भरतको बरौनी डिपोमा तेल भर्न गएका चालक र सहयोगीलाई भारतीय प्रहरीले तीन दिनअघि जोगबनीमा कुटपिट गरेको थियो । शान्तिसुरक्षाको प्रत्याभूत गर्न चालकले माग गरेका छन् । 
 
अखिल नेपाल यातायत मजदुर संगठन विराटनगरका सचिव सन्तोषकुमार बुढाथोकीले ढुवानी नरोक्न पहल भइरहेको जानकारी दिँदै भने, ‘सुरक्षा नहुने हो भने भारततिर तेल लिन जान सक्ने अवस्था भने छैन । तर हामीले जान चालकलाई मनाउने काम गरिरहेका छौं ।’ मजदुरको समस्या समाधानका लागि छलफल भइरहेको पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाले बताए । उनले भने, ‘असुरक्षित भएकैले चालकले जान मानेका छैनन् ।’
 
मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भारतीय सुरक्षा निकायसमक्ष कुटपिटमा संलग्न भारतीय प्रहरीको पहिचान गरेर कारबाही गर्न माग गरिएको जानकारी दिए । जोगबनी नाकाबाट शनिबार इन्धन नआए पनि औद्योगिक कच्चा पदार्थसहित ८० भन्दा धेरै गाडी नेपाल भित्रिएका छन् ।
 
भारतीय प्रहरीले चालकलाई कुटपिट गरेको विषयमा प्रशासनले समेत गम्भीरता प्रकट गरेको छ । शुक्रबार भने विराटनगरमा एक सय २५ इन्धन बोकेका ट्यांकर आएका थिए ।

सुनौली नाकाबाट आपूर्ति सहज हुँदै, दैनिक २ सय बढी गाडी नेपाल प्रवेश




लुम्बिनी (रुपन्देही) : देशका अन्य नाकाको अवरोध जारी रहे पनि रुपन्देहीको बेलहिया नाकाबाट भने निर्वाध रुपमा इन्धनसहितका मालबाहक गाडी नेपाल आइरहेका छन् । 
 
मधेसी मोर्चाले सिमानाका बेलहियामा नाकाबन्दी गर्ने कार्यक्रम राखे पनि भारतीय पक्षले आन्दोलनकारीलाई सहयोग नगरेपछि पछिल्ला दिनमा बेलहिया नाकाबाट दैनिक २०० बढी गाडी नेपाल प्रवेश गरेका छन्। रुपन्देहीको बेलहियाका नाकाबाट मात्रै बिहीबार र शुक्रबार मात्रै झन्डै ५० वटा डिजेल र पेट्रोलका गाडी नेपाल प्रवेश गरेको तथा २० वटा बढी ग्यास बुलेट नेपाल आएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक अभयविक्रम शाहले जानकारी दिए।
 
उनका अनुसार बिहीबार सबैभन्दा बढी ३३ वटा डिजेल, चार वटा पेट्रोलसहित सयौँ गाडी नेपाल आएका थिए । त्यसैगरी शुक्रबार १५८ वटा ट्रकसहित २०० बढी मालसहितका सवारीसाधन एवम् बस, पिकअप, अक्सिजनका गाडी आएका छन् । 
 
उनका अनुसार आज बिहानैदेखि गाडी नेपाल आइरहेका छन्। भारतीय पक्षले कुनै पनि अवरोध नगरेपछि सहजरुपमा मालबाहक साधन नेपाल आएको रुपन्देही प्रशासनले जनाएको छ । 
 
भारतीय नाका सुनौली हुँदै ठूलोमात्रामा डिजेल तथा पेट्रोलका गाडी रुपन्देही आए पनि जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार यथावत् छ । 
 
सरकारले सम्बन्धित नाकाबाट आएको पेट्रोलियम पदार्थ सम्बन्धित जिल्लामा २५ प्रतिशत राखेर बाँकी काठमाडाँै पठाउन गरेको निर्देशनप्रति पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
 
एसोसिएसनका महासचिव हरिराम कसौधनले विज्ञप्ति जारी गर्दै बेलहिया नाकाबाट आएको पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत रुपन्देहीमा राख्नुपर्ने जनाएको छ । रासस 

मधेसी मोर्चासँग वार्ता गर्नुअघि उच्चस्तरीय संयन्त्रको बैठक जारी



१५ कात्तिक, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता गर्नुअघि उच्चस्तरीय राजनीतिक समितिको बैठक बालुवाटारमा बसिरहेको छ ।
प्रधानमन्त्री निवासमा जारी बैठकमा मधेसी मोचाले उठाएको राजनीतिक मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।
आइतबारको बैठकलाई निर्णायक बनाउन उच्चस्तरीय समितिले मधेसको समस्या समाधानका लागि सरकारले चाल्नुपर्ने कदम, आजको वार्तामा हुने छलफलका एजेन्डा लगायतका विषयमा छलफल गरिरहेको छ ।
उच्चस्तरीय राजनीतिक समितिको बैठक पछि सरकारी टोली र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको टोलीबीच वार्ता हुनेछ ।

सरकार ! आधा सिलिण्डर ग्यास पनि पाइएन …




१४ कात्तिक, काठमाडौं । शनिबारदेखि आधा सिलिण्डर भएपनि ग्यास बाँड्ने खबर पाएपछि धेरै मानिसहरु सिलिण्डर लिएर ग्यास डिपोहरुमा पुगे ।
भारतको अघोषित नाकाबन्दीका कारण इन्धन आपूर्ति रोकिँदा धेरैको घरमा चुला बन्द छाडेको छ । भएकाहरुको ग्यास पनि सकिन लागेको बेला नेपाल आयल निगमले आधा सिलिण्डर ग्यास बाँड्ने निर्णय गरेको थियो ।
शनिबारबाट ग्यास बाँड्ने खबर पाएपछि कतिपय शुक्रबार राति अबेर नै र धेरै शनिबार विहानै खाली सिलिण्डर लिएर डिपोहरुमा पुगेका थिए । डिपोहरुमा खाली सिलिण्डरको लाइन लगाएर मानिसहरु चर्को घाम सहेर बसेका छन् । तर, सरकारी घोषणा अनुसार आधा सिलिण्डर ग्यास पनि पाइएन । केही डिपोहरुले ग्यास बाँडेपनि अधिकांशले अझै ग्यास नआएको बताएका छन् । तराईबाट काठमाडौंसम्म ल्याउने भाडा विवादले ग्यासहरु आएका छैनन् । अनलाइनखबरको टीम नेपालटार, बालाजु औद्योगिक क्षेत्र, साल्ट टे्रडिङ लगायत स्थानमा पुग्दा सिलिण्डर बोकेर लाइन बसेका सार्वसाधारणहरु थिए । तर, ग्यास नआएको भन्दै आधा सिलिण्डर वितरण भएको पाइएन ।

जमिन भारतमा, लालपुर्जा नेपालमा

१५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरी नगरपालिका– १ फटियाका करनबहादुर सुनार एक बिगाहा जमिनका मालिक हुन् । तर, उनीसँग एक बिगाहा जमिनको लालपुर्जा मात्रै छ, जोत्नका लागि जमिन छैन । सुनारले १३ वर्षदेखि आफ्नो जमिन उपभोग गर्न पाएका छैनन् । किनकि, उनको जमिन नेपाल–भारत सीमाको पिलर नं २०० नजिकै छ । सो जमिन भारतीय पक्षले आफ्नो देशभित्र पर्छ भन्दै उपभोग गर्न रोकेपछि उनी भूमिहीन बनेका हुन् ।
विसं २०२८ देखि बसोबास गर्दै आएको सुनारको जमिनको २०३५ सालमा कित्ताकाट गरी नेपाल सरकारले २०३६ सालतिर जग्गा धनी लालपुर्जा दिएको सुनारले बताए ।
सुनारको जमिन २०५८ सालदेखि भारतीय पक्षले कब्जा गरेपछि उनले जमिन उपभोग गर्न पाएका छैनन् । ‘मेरो जमिन हाम्रो देश भारतको हो, भन्दै बेलाबेलामा भारतीय वन विभागका कर्मचारीहरुले धम्काउने, दुव्र्यबहार गर्ने गर्दछन्’ सुनारले भने – ‘के गर्ने कागजमा मात्रै जमिन छ ।’
‘वर्षौंदेखि उपभोग गर्दै आएको जमिन आफूले उपभोग गर्न नपाएको १३ वर्ष भइसक्यो ।’ उनले भने – ‘फिर्ताका लागि कहीँ कतैबाट समेत पहल भएको छैन ।’ जमिन उपभोग गराइदिने पहल कसैले नगराएको उनको दुःखेसो छ ।
त्यस्तै बेलौरी नगरपालिका–१, फटैयाका अर्का स्थानीयवासी मानबहादुर सुनारको समस्या उस्तै छ । उनको पनि नेपाल–भारत पिलर नं २०० नजिकै रहेको डेढ बिगाहा जमिन भारतीय पक्षको धम्कीका कारण आधा बाँझो र आधा आवादी छ । ‘भारतीय वन विभागका तर्फबाट बेलाबेलामा आई धम्काउने जोतिरहेका बेला हल गोरु खोलेर लिएर जाने, ट्र्याक्टर नै लिएर जमिन उपभोग नगर्न भन्दै धम्की दिन्छन्’ – उनले दुःखेसो पोखे ।
‘हातमा लालपुर्जा भएर के गर्ने जमिन उपभोग गर्न पाएको छैन ।’ उनले पनि १३ वर्षदेखि जमिन उपभोग गर्न नपाएको गुनासो गरे । उनीहरु दुवैजना अरुको अधियाँ गरेर दैनिक गुजारा चलाउँदै आएका छन् । सरकारले यो जग्गा हाम्रो होइन भन्न सकोस्, भारतमै पर्छ भनी किटानी गरोस् हैन भने हामीले लालपुर्जा भएको जग्गा जोतपोत गर्न पाउनुपर्ने उनीहरुको माग छ ।
दुवै नेपाली नागरिकको जमिनबारे स्थानीय प्रशासन अझैसम्म पनि मौन बसेको छ । विसं २०६७ मा संसदीय समिति र तत्कालीन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी बुद्धिबहादुर खड्काको नेतृत्वमा आएको टोलीले पीडित नेपालीको लालपुर्जाको प्रतिलिपि पनि लगेर गएको थियो ।
तर, अहिलेसम्म सम्बोधन हुन नसकेको इलाका प्रशासन पुनर्वासका प्रमुख मानप्रसाद भट्टले बताए । उनका अनुसार दुवैजनाको जिल्लादेखि केन्द्र तहसम्म कुरा पु¥याइसकेको भए पनि समस्या समाधान हुन सकेको छैन ।
नगर विकास समिति पुनर्वासका अध्यक्ष विष्णुप्रसाद बाँस्तोलाले भारतीय पक्षले नेपालीको जमिन उपभोग गर्न नदिएको प्रति निकै आवाज उठाएको बताए ।
दक्षिणी क्षेत्रका जनताले सीमा क्षेत्रको समस्या समाधान र सीमा मिच्नबाट रोक्नका लागि एक गाविस एक सशस्त्र सीमा सुरक्षा क्याम्प राख्नुपर्ने माग गरे पनि स्थानीयवासीको माग सरकारले नसुन्दा यस्तो समस्या देखापरेको स्थानीयवासीको गुनासो छ ।
यस बारेमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले दुवै नेपाली नागरिकको लालपुर्जा भए उपभोग गर्न पाउनुपर्ने बताए ।
यसबारेमा कञ्चनपुरका राजनीतिक दलहरुले समेत पहल गरिदिनुपर्ने पीडितहरुको माग छ । रासस

नेपाल भारत सीमा २४ घण्टालाई बन्द

१५ कात्तिक, रौतहट । भारतको बिहार राज्यमा आज हुने विधानसभा निर्वाचनका कारण रौतहट, सर्लाही, बारा र पर्साका सिमा २४ घण्टाका लागी बन्द भएको छ ।
पाँच चरणको चुनाव अन्तर्गत आज हुने चौथो चरणको निर्वाचनमा बिहारको ७ जिल्लामा आज मतदान हुनेछ । भारतको पश्चीमी चम्पारण, पूर्वी चम्पारण, शिवहर, सितामढी, सिवान, गोपालगंज र मुजफ्फरपुरमा हुने चुनावलाई मध्यनजर गर्दै भारतीय पक्षले सिमा बन्द गरेको हो ।
निर्वाचन सुरक्षाका कारण अन्तराष्ट्रिय सिमाना २४ घण्टाका लागी बन्द भएको सितामढी (बिहार) का बिडिओ आशुतोष आनन्दले बताए ।
भारतीय पक्षले विधानसभा चुनावका कारण सिमाक्षेत्र बाट समस्या पर्न सक्ने भन्दै नेपाली प्रशासन सँग पनि छलफल गरी सहयोग माँगेको रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बराल ले बताए । शुक्रवार नै भारतीय पक्षका आईजिपी र बिडियो आशुतोष आनन्द सहितको टोलीले रौतहटका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा अधिकृतहरु छलफल गरेको थियो । ‘उनीहरुले शनिवार साँझ ५ बजे बाट आईतवार साँझ ५ बजे सम्म २४ घण्टाका लागी भारतीय नाका बन्द गर्ने बताएका थिए ।’ प्रजिअ बराल ले भने ‘निर्वाचनको क्रममा सिमा नाका बाट कुनै अराजक तत्वले प्रवेश नगरोस र शान्ती सुरक्षामा खलल नपुगोस भनेर सिमा बन्द गरेका हुन ।’
खुल्ला सिमानाका कारण दुवै देशमा निर्वाचनका बेला सिमा बन्द गर्ने चलन रहेकोले यस पटक पनी भारतीय पक्षको निर्वाचन कारण नेपाली सिमाना पनी सुरक्षा सर्तकता बढाइएको प्रजिअ बराल ले बताए । निर्वाचन सम्पन्न भए पछि भारतीय पक्षले आइतवार साँझ बाट नै सिमाना पुनः सुचारु गर्नेछ । भारतीय सिमामा रहेका एसएसबीका जवानहरुले आवतजावत पुरै रोकेका कारण आज सिमाक्षेत्र सुनसान बनेको छ ।
चौथो चरण अन्तर्गत बिहारको ७ जिल्लाका ५५ सिटमा आज ७७६ उम्मेदवारी दिएका छन । ७१९ पुरुष र ५७ महिला उम्मेदवार रहेको निर्वाचनमा १ करोड ४७ लाख ३९ हजार १२० मतदाताले आज भोट हाल्नेछन ।
रौतहट जिल्लाको २६ किलोमिटर भूभाग सँगै सर्लाही, बारा र पर्साका सिमाहरु पनि आज साँझ सम्म बन्द भएका हुन ।

मधेसी मोर्चासँग परिणाममुखी वार्ताको तयारी




१५ कात्तिक, काठमाडौं । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच आइतबार वार्ता हुँदैछ ।
सरकार र आन्दोलनरत दुवै तर्फले आजको वार्तालाई निर्णायक र परिणाममुखी बनाउने तयारी गरेका छन् ।
आइतबारको वार्ताको तयारी स्वरुप शनिबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक जनकपुरमा बसेको थियो । आज पनि सरकारसँग वार्तामा बस्नुअघि छलफल गर्ने मोर्चाले जनाएको छ ।
आफूहरुले सरकारसँग धेरैपटक छलफल गरेको भन्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चा आजको वार्तालाई निर्णायक बनाउने पक्षमा छ यसको निर्भर सरकारमा रहने बताएका छन् । समस्या समाधान गर्नेगरी सरकारी वार्ता टोली प्रस्तुत भए वार्ताले निकास निकाल्ने यादवले बताए ।
सरकारी वार्ता टोलीका सदस्य कानुनमन्त्री खरेलले वार्तालाई परिणाममुखी बनाउन वार्ता र संवादबाटै सहमतिका आधारमा समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।

खुट्टा गनाउँछ ? यी उपाय अपनाउनुहोस्

हामीमध्ये धेरैलाई खुट्टा गनाउने समस्याले सताउने गरेको छ । यसको कारण समयमा सरसफाई नगर्ने र लामो समय जुत्ता लगाएर बस्नुपर्ने हुन् । लामो समय जुत्ता लगाएर बस्दा खुट्टामा पाएको पसिना हावाको कमीले समयमा सुक्न पाउँदैन र खुट्टा भिजेको रहिरहन्छ । खुट्टा पसिनाले भिजिराखेपछि त्यहाँबाट दुर्गन्ध आउने गर्छ । कोहीकोहीको खुट्टा यति गनाउँछ कि छेउको मानिस वा कोठामा रहेका अन्यलाई बसिनसक्नु हुन्छ । यदी तपाईं पनि यही समस्याले ग्रस्त हुनुहुन्छ र खुट्टा गनाएकै कारणले कहिलेकाहीँ अप्ठ्यारोमा पर्नु भएको छ भने तल दिएका केही उपायहरु तपाईंका लागि उपयोगी हुन सक्छ । 




टालकम पाउडर :
जुत्ता लगाउनुभन्दा अघि टालकम पाउडर खुट्टामा छर्किनुहोस् । पाउडरले पसिनाको गिलोपनलाई सोस्ने काम गर्छ जसले गर्दा पसिना कम निसकन्छ । जुत्तामा पनि पाउडर छर्केर लगाउन सकिन्छ ।
मर्कैको धुलोः
कर्नफ्लोरको उपयोग खुट्टामा नलगाएर जुत्तामा हाल्नुहोस् जसले गिलापन सोस्न मद्दत गर्छ ।
नुनः
नुनले खुट्टाबाट आउने दुर्गन्धलाई कम गर्छ । मन्तातो पानीमा नुन हालेर खुट्टा केहीबेर राख्नुहोस् र त्यसपछि राम्रोसँग चिसो पानीले धुनुहोस् ।
बेकिङ सोडा
बेकिङ सोडा खुट्टाको दुर्गन्ध रोक्ने सबैभन्दा सरल र सस्तो उपाय हो । मनतातो पानीमा दुई चम्ची बेकिङ सोडा र कागतीको रस राख्नुहोस् । त्यसपछि त्यसमा १० मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टामा सफा मोजा लगाउनुहोस् । यो हप्तामा कम्तिमा एकपटक गर्नुहोस् ।
कागतीः
कागती पानी मिलाएर खुट्टा धोए पनि खुट्टा गनाउने समस्याबाट छुटकारा पाउन सिकन्छ । अझ कागती टुक्रा लिएर खुट्टामा दलेर खुट्टा धोए भने त्यसको असर झन् चाँडो हुन्छ ।
चियापत्ति
चियापत्तिलाई पानीमा हालेर त्यसमा खुट्टा डुबाएर राख्नुहोस् । यसले खुट्टाको दुर्गन्ध कम गर्न मद्दत गर्छ ।
स्याउको भिनेगर
एउटा भाँडामा पानी लिनुहोस् र एक चौथाई कप विनेगर हाल्नुहोस् । त्यसमा १० मिनेटसम्म खुट्टालाई डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टा पुछेर क्रिम लगाउनुहोस् ।
यसको साथै दैनिक रुपमा खुट्टा धुने र सफा र सुतीको मोजा लगाउने गरे खुट्टा गनाउने समस्याबाट पार पाउन सकिन्छ ।

दैनिक साढे दुई किलो खुर्सानी खान्छन् खुर्सानीका राजा



अचम्म लाग्दो घटना घट्ने देशमा चीन सबैभन्दा अगाडी छ । चीनकै हेनान प्रान्तस्थित साओली गाउँमा एउटा त्यस्ता मानिस बस्छन् जसले दैनिक ५ पाउन्ड खुर्सानी खान्छन् । लि योंगजी अहिले खुर्सानीको राजा भनेर चिनिन्छन् । उनले उठ्नासाथ खुर्सानीले दाँत माझ्छन् । त्यसपछि ब्रेकफास्ट, लन्च र डिनरमा समेत खुर्सानी नै खान्छन् । उनले सञ्चामाध्यमलाई अन्तरवार्ता दिदैँ आफू स्पाईसी खानाको प्रेमी रहेको र खुर्सानी आफ्नो सदाबहार आहार रहेको बताएका छन् । उनी मासु वा अण्डा बीना खाना खान सक्छन्, तर खुर्सानी बिना कहिल्यै खाना खान सक्दैनन् । भन्छन्, धेरै मानिस बिहानै उठेर दाँत माझ्छन् । तर म आफ्नो सासलाई ताजा राख्न खुर्सानी खान्छु । मेरा लागि खुर्सानी बिनाका कुनै पनि खाना स्वदविहान हुन्छन् । उनले आफैँ विभिन्न आठथरीका खुर्सानी रोपेका छन् । दश वर्षअघि उनी खुर्सानीप्रति आशक्त भएका थिए । त्यतिबेलासम्म उनी धेरै खुर्सानी खादैँन थिए । उनको छोरा दुर्घटनामा परेपछि उनले अस्पतालमा १० हजार युआन बिल बुझाउनुपर्यो । त्यसपछि उनीसँग खाना खानका लागि पनि पैसा हुन छाड्यो । गरिबीका दिनमा उनी एकपटक सडकमा हिड्दैँ गर्दा वहोश भए । त्यसपछि उनले आफ्नो छोराको उपयुक्त स्याहार गर्नुअघि आफैँ स्वस्थ रहनुपर्ने आवश्यकता बोध गरे । उनले पैसा जोगाउन रेस्टुरेन्टमा गएर दुईवटा कचौरामा खुर्सानीको धुलो मात्रै मगाएका थिए । त्यसमा पानी मिसाएर खाँदा उनको पेट भरियो । तर उनको पेटमा केही गडबढी देखिएन । त्यसपछि उनले आम व्यक्तिको तुलनामा आफूले धेरै स्पाईसी खाना पचाउन सक्ने अनुभव गरे । स्वास्थमा खुर्सानीको प्रभाव राम्रो देखिएपछि उनी बिस्तारै यसतर्फ आर्कषित भए । अहिले उनी दैनिक ५ पाउन्ड खुर्सानी खान्छन् । दैनिक खाना खाने बेला बाहेक खाजा खाँदा तथा फुर्सदको समय काट्न पनि उनी खुर्सानी नै खान्छन् । 



एक पटक रेस्टुरेण्टमा खाना खान जाँदा उनले खुर्सानीको बोतल नै रित्याइदिए । त्यसपछि रेस्टुरेण्ट मालिकले उनीमाथि खुर्सानी चोरेको आरोप समेत लगाएका थिए । पछि उनले आरोपलाई गतल प्रमाणित गर्ने क्रममा रेस्टुरेण्टमा म्यानेजरकै सामून्न अर्को एक बोतल खुर्सानी मगाएर पुरै खाइदिए । उनको यो व्यवहारले सबै छक परेका थिए । उनी भन्छन्, डाक्टरले म अन्य मानिसजस्तै सामान्य रहेको बताएका छन् । मसँग कुनै सुपर पावर छ्रैन् । मलाई खान मनपर्छ र म धेरै खान्छु । सन् २००९ मा खुर्सानी खाने प्रतियोगिता जितेपछि उनलाई हुनान सरकारले खुर्सानीको राजा घोषणा गरेको थियो ।

चीनको झण्डा जलाउने ३ जना पक्राउ

कार्तिक १४, २०७२- उत्तरी छिमेकी मुलुक चीनको झण्डा जलाउने ३ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य सन्जय यादव, सद्भावनाका जिल्ला अध्यक्ष इमदाद गद्दी र नेपाल परिवार दलका ओमप्रकाश सर्राफ रहेका छन् । सर्राफको पार्टीले केन्द्रमा सरकारलाई समर्थन गरेपनि उनी मधेस आन्दोलन र झण्डा जलाउने कार्यमा सक्रिय छन् । प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठका अनुसार शुक्रबार राति ३ जनालाई नियन्त्रणमा लिइएको हो । झण्डा जलाउने अन्यको पनि खोजी भइरहेको उनले बताए । नेपाललाई इन्धन दिन लागेको विरोधमा आन्दोलनरत दलका नेता तथा कार्यकर्ताले शुक्रबार वीरगन्जमा चीनको झण्डा जलाएका थिए । मधेस आन्दोलनलाई तुहाउन र इन्धन समस्या टार्न नेपाललाई इन्धन दिन लागेको विरोधमा झण्डा जलाइएको नेताले बताए । नेपालको आन्तरिक समस्यामा हस्तक्षेप नगर्न नेताहरुले शुक्रबार चीनलाई चेतावनी समेत दिएका थिए ।

कुकुर बचाउन अपार्टमेन्ट बेच्ने सुन्दरी



तपाई आफ्नो कुकुरलाई कतिको माया गर्नुहुन्छ । एक सर्बियाली महिलाले आफ्नो कुकुरको उपचारका लागि आफ्नो अपार्टमेन्ट र सामान बेच्ने घोषणा गरेकी छिन् । ३५ वर्षकी तान्जा जान्कोभिच जागोडिना शहरकी हुन् । उनले आफ्नो सम्पूर्ण सम्पत्ति बेचेर जीवन मरणको अवस्थामा पुगेको आफ्नो कुकुर लियोलाई बचाउने निर्णय लिएकी छिन् । उनले आफ्नो कुकुरलाई बचाउनका लागि आफ्ना सामान किनिदिन आग्रह गर्दै सर्बियाको चर्चित वेभसाईटमार्फत आग्रह समेत गरेकी छिन् । उनको कुकुरको भल्व बिग्रिएको छ । त्यसैकारण उनको कुकुरको मुटुमा रक्तसञ्चार राम्रो हुन सकेको छैन् । कुकुरलाई जोगाउने एउटै उपाय भनेको शल्यक्रिया हो । तान्जाले सबैभन्दा पहिलो आफ्नो वासिंग मेसिन १ सय ५० डलरमा बेच्न चाहेकी छिन् । तर उनले त्यसका लागि ग्राहक फेला पारेकी छैनन् । लियोको उपचारका लागि त्यसभन्दा बढी खर्च लाग्नेछ । कुकुरको उपचारका लागि १ सय ९० अमेरिकी डलर खर्च हुने भएका कारण उनले अपार्टमेन्ट नै बेच्न चाहेकी छिन् । अपार्टमेन्ट बेचेको पैसाले उनले लियोको शल्यक्रिया त गर्नेछिन् नै त्यसबाहेक लामो समय लियोको उपचारका लागि आवश्यक पर्ने ध्यानका लागि समेत रकम जोहो गर्न पाउनेछिन् । उनले भनेकी छिन्, यो केवल एक कोठा सहितको अर्पाटमेन्ट हो । तर यसले शल्यक्रिसहित बाँकी रकम जोहो गर्न सघाउ गर्नेछ । उनले लियो ठिक हुदाँसम्म आफ्नो जीवन सुखी र खुसी रहेको भन्दै त्यस्तो जीवन फिर्ता पाउन बाँकी सबै त्याग्न तयार रहेको बताएकी छिन् । अहिलेसम्म उनको अपार्टमेन्ट बिक्री भएको छैन् । तर त्यसलाई धेरैले फेसबुकमा शेयर गरेका छन् । लियोको उपचार सुरु गर्नका लागि उनले केही रकम सहयोग पाइसकेकी छिन् । 

स्टारका संघर्ष : राजनीकान्त खलासी त ब्राड पिट कुक

यदी तपाईलाई पर्दामा देखिने सबै स्टारका जीवन सधैँ ग्ल्यामरस थियो भन्ने लाग्छ भने तपाई गलत हुनुहुन्छ । बलिउडदेखी हलिउडसम्म त्यस्ता थुप्रै स्टार छन् जसले लोकप्रियता कमाउनुहरु अनेक हन्डर ठक्कर खाएका छन् । संघर्ष गरेर स्थापित भएका बलिउड तथा हलिउडका केही कलाकार यस्ता छन् : -





रजनीकान्त (खलासी थिए ) दक्षिण एशियामा निकै चर्चित छन्, रजनीकान्त । उनलाई दक्षिण भारतमा भगवान्कै रुपमा लिइन्छ । उनको मन्दिर समेत बनेका छन् । यती धेरै चर्चा बटुल्ने रजनीकान्त चलचित्रमा आउनुअघि गाडीमा खलासीको काम गर्दथे । खलासीको काम गर्दा गर्दै उनको स्टायलबाट प्रभावित भएर एक निर्देशकले उनलाई चलचित्रमा मौका दिएका थिए । 

अक्षयकुमार (भाँडा माझ्थेँ ) बलिउडमा स्थापित हुनअघि अक्षयकुमारले पनि निकै संघर्ष गरेका थिए । बैँककमा आफ्नो खर्च चलाउन उनले खाना बनाउने, भाँडा माझ्ने र वेटर समेतको काम गर्दथे । 

नवाजुद्धिन सिद्धिकी (गार्ड) चलचित्रमा आउनुअघि नवाजले बाचमेन तथा केमिस्टमा जागिर गरेका थिए । उनी मुम्बई आउँदा आर्थिक अवस्था निकै कमजोर थियो । एक समय यस्तो पनि थियो, जब उनलाई कोठाको भाडा तिर्न पनि मुस्किल थियो । 

ह्यु ज्याकम्यान (सर्कस) ह्यु जैकम्यान अहिले निर्क चर्चित छन् । उनले अभिनय गरेको चलचित्र एक्स म्यानको सिरिज सधौ चर्चामा रहन्छ । तर कुनै समय उनी जोकर बनेर सर्कसमा काम गर्ने गर्दथे । चलचित्रमा आउनुअघि उनको पेशा यही थियो । 

ब्राड पिट (कुक) चलचित्र टोयका स्टार हलिउड अभिनेता ब्राड पिटले सुरुआती दिनमा निकै संघर्ष गरे । उनी रेस्टुरेण्टमा खाना बनाउने काग गर्दथे । त्यस्तै राती रेस्टुरेण्टका पाहुनालाई घर छाड्न समेत डाइभरको काम गर्दथे । 

रणवीर सिंह (कपिराइटर) अहिले थुप्रै भारतीय युवाको धड्कन बनेका रणवीर सिंहको विगत संघर्ष नै संघर्षले भरिएको छ । उनी बलिउडमा आउनुअघि एउटा चर्चित विज्ञापन एजेन्सीमा कपिराईटरको काम गर्दथे । त्यो काम पाउन उनले निकै सघंर्ष गर्नुपरेको थियो । निर्देशक मनीष शर्माले अभिनय गर्न सुझाएपछि उनी चलचित्रमा होमिए । 

जोनी लिवर (कलम बेच्थे) बलिउडका चर्चित कमेडियन जोनी लिवरले पनि निकै संघर्ष गरेका छन् । चलचित्रमा आउनुअघि उनी मुम्बईको सडकमा बसेर कलम बेच्ने काम गर्दथे ।

 जेनिफर एनिस्टन (वेटर) जेनिफर एनिस्टनले अहिले करोडौँ पैसा कमाइसकेकी छिन् । तर उनी सुरुआती दिनमा निकै संघर्षशिल थिइन् । उनले बाइक धुनेदेखी वेटर बन्नेसम्मका काम गरिन् । केही दिन उनी टेलीमार्केटर समेत थिइन् । 

आर माधवन (शिक्षक) थ्री इडियस् चलचित्रमा अभिनय गरेका आर माधवनले इन्जिनियरिंगमा डिग्री गरेका छन् । तर उनी इन्जिनियर भएनन् । बरु खर्च चलाउनका लागि उनले अंग्रेजी भाषा सिकाउने गरेका थिए । उनले कलेजहरुमा पब्लिक स्पिकिंग र कम्युनिकेशन स्किल्स खुबै पढाए । अहिले यि अभिनेतालाई हलिउडबाट समेत प्रस्ताव आउन थालेको छ ।

 परिणीति चोपडा (पब्लिक रिलेसन अफिसर) परिणीति चोपडा प्रियंका चोपडकी बहिनी हुन् । तर उनले सजिलै बलिउडमा आफ्नो स्थान बनाएकी भने होइनन् । उनले बलिउडमा आउनुअघि निकै संघर्ष गरेकी थिइन् । अभिनयमा आउनुअघि उनी यशराज फिल्सको कार्यालयमा पब्लिक रिलेशन्स कन्सल्टेन्ट थिइन् । उनी अभिनयमा आउन पनि चाहदिँन थिइन् । उनको लक्ष्य एक बैँकर बन्ने थियो । 

– एजेन्सीको सहयोगमा 

Friday, October 30, 2015

नाकाबन्दी गरेकै नाकाबाट भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाल प्रवेश

वीरगञ्ज– वीरगन्ज रक्सौल नाकाको दगशजा क्षेत्रको मितेरी पुलमा असोज ७ गते देखि मधेशी मोर्चाले दिन रात २४ सै घण्टा धर्ना दिएर नाका ठप्प पारेका छन् । मधेशी दलको नाकाबन्दी शुरु भए देखि नै धर्ना स्थलमा सवारी सधानको आवागमन ठप्प भएपनि हिजो बिहान र बेलुकी गरि हतियारसहितका भारतीय प्रहरीका चार वटा गाडी मितरी पुल पार गरेर नेपाल छिरेका छन् । धर्ना स्थल भएर रिक्सा , टाँगा , साइकल , एम्बुलेन्स र मोटरसाइकल बाहेक अन्य कुनै पनि सवारी साधनलाई मधेशी दलले वीरगंज रक्सौल वारपार गर्न दिएका छैनन् । तर, शुक्रबार बेलुका बर्दि र हतियार सहितका भारतीय प्रहरी सवार चार वटा भारतिय गाडी धर्नास्थल नै भएर वीरगंज छिरेका थिए । बी आर ३३ एम ७६१६ नम्बरको खैरो रङ्गको बोलेरो र बि आर ०९ आर ३९५३ नम्बरको सेतो रङ्गको स्कार्पियो गाडीमा सवार डिएसपी सहितका भारतीय प्रहरीहरु हिजो बेलुकी वीरगन्ज छिरेका थिए । मितेरी पुल हुदै शंकराचार्यद्वार गेटमा पुगेका भारतीय प्रहरीका दुवै गाडीलाई नेपाली प्रहरीले रोकेर सोधपुछ गरेर भारतीय प्रहरीले लगाएको बर्दि खोल्न त लगाए तर गाडी भित्र के छ छैन भनी चेकजाँच नै नगरी वीरगंज बजार तर्फ पठाएका थिए । भारतीय प्रहरीको गाडी भित्र चेकजाँच नगरिएका कारण उनीहरु हतियार सहित वीरगन्ज बजार तर्फ हिडेका थिए । प्रहरी चौकी इनर्वाका प्रहरी नायव निरिक्षक पुरुषोत्तम सुबेदीले भारतीय प्रहरीहरु सवार रहेको गाडी वीरगन्ज बजार घुम्न आएको बताउदै उनिहरु आदर्शनगरमा किनमेल गरेर गएराति नै फर्किएको बताए । उनले भारतीय प्रहरीले हतियार भने नबोकेको दाबी गरे । शंकराचार्यद्वार देखि मकालु चौक सम्म ५ ठाँउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ठाँउ ठाँउमा भारतिय गाडीलाई रोकेर सोधपुछ गरेपनि कसैले पनि चेकजाँच भने नगरेको एक प्रत्यक्षदर्शीले बताए । यसअघि हिजो बिहान पनि भारतीय प्रहरीका दुइ वटा गाडी धर्ना जारी रहेकै बेला नाका हुदै नेपाल प्रवेश गरेका थिए । डिएसपी र अन्य तीन भारतीय प्रहरी बर्दि र हतियार सहित नै नेपाल छिरेकाले उनिहरुलाइ चार घण्टा नियन्त्रणमा लिएर सोधपुछ पछि फर्काइदिएको प्रहरी नायव निरिक्षक सुबेदीले बताए । नियमअनुसार दुबै देशका प्रहरी एक अर्काको देशमा प्रवेश गर्दा बोकेको हतियार आफ्नै देशको सीमा प्रहरी चौकीमा बुझाएर जाने नियम रहेको छ। तर, सोको उलंघन गर्दै भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश मात्रै गरेन नेपाली प्रहरीले पनि कडाई नगरेको हो । भारतीय पक्षले नियमकानुनको उलंघन गर्दै विभिन्न सीमानाका भएर नेपाल प्रवेश गर्ने गरेको भएपनि नेपाली पक्षले उचित कदम चाल्न सकेको छैन । केहि साताअघि मात्रै यसअघि पनि भारतीय प्रहरी हतियार सहित नेपाल प्रवेश गरेको खुलासा भएको थियो । त्यतिबेला उनीहरु मधेसी मोर्चाकै सहयोगमा नेपाल प्रवेश गरेको खुलासा भएको थियो ।

यसरी बनाउनुस् आफ्नो फेसबुक पेजलाई स्मार्ट

प्राय : सबैको फेसबुक पेज उस्तै हुन्छ । धेरै प्रयोगकर्ताहरुलाई आफ्नो टाइमलाइनमा खासै नयाँ प्रयोग गर्दैनन् । तर, अलिकति मेहनत गरेर तपाई आफ्नो फेसबुक टाइमलाइनलाई सबैले हेरुँ हेरुँ लाग्ने बनाउन सक्नुहुन्छ । यसका लागि तपाईंले यस्ता व्यक्तिहरुलाई फलो गर्ने र साथी बनाउने गर्नुपर्छ, जो अरुलाई सहयोग गर्न सक्छन् । त्यस्ता व्यक्तिहरुको फिड तपाईको टाइमलाइनमा देखिनु हुँदैन, जो केवल आफ्नो बारेमा तपाईंलाई बताउन चाहन्छन् । कोही केवल धार्मिक सन्देश तपाईको टाइलाइनमा लेख्छन् भने यस्ता व्यक्तिहरुलाई मन पराउनेहरु पनि हुन सक्छन् तर थोरै । कोही यस्तो होस जसले तपाईंलाई कुनै पनि चिजको बारेमा तपाईको जानकारी बढाउन मद्दत गरुन् । यस्ता व्यक्तिलाई धेरैले मन पराउछन् । अब हुन सक्छ तपाईले आफ्ना केहि साथीहरुलाई फलो गर्न छोड्नुपर्छ । केहि यस्ता साथीहरु छन् जसका पोष्ट तपाई झट्टै हेर्न चाहनुहुन्छ भने त्यसका लागि तपाईले आफ्नो ‘न्यूज फिड प्रिफरेन्स’मा गएर फेरबदल गर्नुपर्छ । त्यहाँ पिपुलमा क्लि गर्नुस र त्यसपछि पेजेज या ग्रुप्स छान्नुस् । त्यहाँ तपाईले एउटा ड्रप डाउन मेन्यू देख्नु हुनेछ जहाँ गएर क्लिक गर्नुपर्छ ‘सी फस्र्ट’ । यति गरेपछि उक्त व्यक्तिको कुनै पनि पोस्ट छुट्दैन । कयौंपटक अन्जान गेम वा एपमा जोडिनका लागि तपाईलाई साथीहरुबाट निमन्त्रणा आउछ । यस्ता सुझावहरुलाई किन देखाउने आफ्नो टाइमलाइनमा ? यदि कुनै ऐप वा गेमको निमन्त्रणालाई ब्लक गर्न चाहनुहुन्छ भने यसका लागि फुसबुकको सेटिङमा जानुस् र बायाँतर्फ ब्लकिङमा क्लिक गर्नुस् । यदि कुनै मित्रबाट ज्यादा निमन्त्रणा आइरहेको छ भने उसको नाम त्यहाँ टाइप गर्नुस् । यति गरेपछि उबाट इन्भाइट आउन बन्द हुन्छ । फेसबुकमा ६७ किसिमका नोटफिकेसन हुन्छन् । यदि तपाईंले त्यसलाई राम्रो व्यवस्थापन गर्न सक्नुभएन भने तपाईंको स्मार्टफोन वा ट्यावलेटमा अनावश्यक नोटिफिकेसनका इमेलले हैरान बनाउँछ । त्यसैले आफ्नो फेसबुक पेजमा रहेको ग्लोबमा क्लिक गरेर छान्नुस् कि कुन कुन नोटिफिकेसन तपाईलाई चाहिन्छ । बीबीसीको सहयोगमा

उपराष्ट्रपति निर्वाचनको मतदान सुरु

कार्तिक १४, २०७२- संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचनको मतदान सुरु भएको छ । पहिलो भोट नेकपा एमालेका भरतमोहन अधिकारीले खसालेका छन् । नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजेबाट सुरु हुने सो मतदान दिउँसो २ बजेसम्म चल्नेछ । सो मतदानमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्रका दुईसमेत ५९७ जना सभासद्लाई मतदानको अधिकार रहेको छ । सो पदका लागि एनेकपा (माओवादी)का स्थायी समितिका सदस्य नन्दबहादुर पुन र नेपाली काँग्रेसका पुराना नेता अमियकुमार यादव प्रतिस्पर्धामा छन् सो मतदानपछि दिउँसो साढे २ बजेबाट मतगणना प्रारम्भ हुने र अपराह्न ५ बजे बस्ने संसद्को बैठकमा सभामुख ओनसरी घर्तीमगरले मत परिणाम घोषणा गर्ने संसद् सचिवालयले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । नेपालको दोस्रो उपराष्ट्रपति पदमा एमाओवादी स्थायी समिति सदस्य नन्दबहादुर पुन विजयी हुने सम्भावना बलियो भएको छ। सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पुनको पक्षमा व्यवस्थापिका संसद्मा सहज बहुमतको स्थिति छ। दोस्रो सर्वोच्च पदका लागि शनिबार हुने निर्वाचनका लागि सत्तारूढ तर्फबाट ५० वर्षीय पुन र प्रतिपक्षी कांग्रेस सांसद ६९ वर्षीय अमियकुमार यादव मैदानमा छन्। तत्कालीन विद्रोही माओवादी लडाकु कमान्डर पुन संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं–४ मा कांग्रेस युवा नेता गगन थापासँग पराजित भएका हुन्। यादव भने कांग्रेसको समानुपतिक कोटाका सांसद हुन्। पुनको गृहजिल्ला रोल्पा हो भने यादव सिरहाका हुन्। राष्ट्रपतिमा जस्तै उपराष्ट्रपति पदका लागि पनि सांसदले गोप्य मतदान गर्नेछन्। पुनको उम्मेदवारीको सत्तारूढ दलहरूको गठबन्धनका तर्फबाट एमाले वरिष्ठ नेता झलनाथ खनाल प्रस्तावक छन् भने राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी, फोरम (लोकतान्त्रिक) का योगेन्द्र चौधरी समर्थक छन्। यादवको प्रस्तावकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र समर्थकमा सचेतक ईश्वरी न्यौपाने छन्। सत्तारूढ दलहरूको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले पुनलाई साझा उम्मेदवार बनाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरू उम्मेदवारी दर्ताका लागि संसद् भवन नयाँ बानेश्वर पुगेका थिए। संयन्त्रको बैठकमा साना दलका तर्फबाट मधेसी मूलको नेतालाई उपराष्ट्रपति बनाउने विकल्पमा छलफल भए पनि एमाओवादीले आफ्नो पार्टी निर्णय र एमालेसँगको पूर्वसमझदारी अनुसार पुनलाई नै उम्मेदवार बनाउने अडान लिएको थियो। त्यसप्रति असन्तुष्टि जनाउँदै अलगै उम्मेदवार बनाउने तयारी गरे पनि अन्तिम बेलामा फोरम (लोकतान्त्रिक) पुनको प्रस्तावक हुन तयार भएको थियो। स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले कांग्रेस उम्मेदवार यादवका पक्षमा र परिवार दलका दयाराम कँडेलले एमाओवादी उम्मेदवार पुनका पक्षमा आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। राष्ट्रपति/उपराष्ट्रपति पदको उम्मेदवारी दर्ताका लागि प्रस्तावक र समर्थक दुई सांसदको हस्ताक्षर भए पुग्छ। निर्वाचनमा विजयी हुन भने संसद्मा तत्काल कायम रहेको कुल सदस्य संख्याको दुई तिहाइ मत आवश्यक पर्छ। व्यवस्थापिका संसद्मा एक निलम्बितसमेत ५ सय ९६ सदस्य छन्। प्रधानमन्त्री चुनावका बेला एमाले अध्यक्ष केपी ओलीको प्रस्तावक बसेर कांग्रेस सभापति सुशील कोइरालाको पक्षमा मतदान गरेका स्वतन्त्र सांसद मुसलमान कांग्रेस पृष्ठभूमिबाटै आएका हुन्। परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने सत्तारूढ दलका नेताहरूसँगको छलफलपछि कँडेलको उम्मेदवारी फिर्ता लिइएको बताए। दुई सिट भएको परिवार दलले प्रधानमन्त्री निर्वाचनमा ओलीको समर्थन गरेको प्रधानमन्त्री निर्वाचनमा ३ सय ३८ मत पाएर ओली विजयी भएका थिए। राष्ट्रपति निर्वाचनमा सत्तारूढ गठबन्धनका दलहरूको समर्थनमा एमाले उम्मेदवार विद्यादेवी भण्डारीको पक्षमा ३ सय २७ मत सदर भएको थियो भने ८ मत बदर भएको थियो।

संविधान जारी भएको अवसरमा ३२ कैदीले पाए कैद मिनाह

इलाम – नयाँ संविधान जारी भएको र चाडपर्वको अवसर पारेर जिल्ला कारागार इलामबाट ३२ जना कैदीबन्दीले बाँकी कैदको मिनाह पाएका छन् । नेपाल सरकारले असल चरित्र भएका २० जनालाई ५० प्रतिशत कैद भुक्तान गरेबापत बाँकी कैदको माफी मिनाह गरेको कारागार प्रमुख दुर्गाप्रसाद दुलालले जानकारी दिए । बाह्र जनालाई ४० प्रतिशत वा सोभन्दा बढी कैद भुक्तान गरेबापत बाँकी कैद मिनाह भएको बताइएको छ । कैद मिनाह हुनेमा बहुविवाहका छ महिला र आगजनी मुद्दाका एक गरी सात महिला रहेका छन् । बाँकी कैद माफी पाउनेमा कतव्र्य ज्यानका चार, बहुविवाहका ११, गौवधका छ, ज्यान मार्ने उद्योगका तीन, गर्भपतनका दुई, सवारी ज्यानका एक, रजनी चोरीका दुई, चौपाया चोरीका एक, आगजनी एक र हात हतियार खरखजनाका एक गरी ३२ जना कैदी रहेका छन् । उनीहरूसँगै आश्रित एक नाबालक पनि छुटेका छन् । कारागार प्रमुख दुलालका अनुसार अब कारागारमा पाँच आश्रित नाबालकसहित २९७ जना कैदीबन्दी रहेका छन् ।

पालुंगो औषधीय गुणले भरिपूर्ण साग

कार्तिक १२, २०७२- पालुंगोमा पाइने गुण अन्य सामान्य सागसब्जीमा पाइँदैन । यसैले पालुंगो स्वास्थ्यको दृष्टिले अति उपयोगी मानिन्छ । यो सस्तो र सर्वसुलभ पनि हुन्छ । आयुर्वेद अनुसार, महिलाका लागि पालुंगोको साग अत्यन्त उपयोगी हुन्छ । महिलाले यदि आफ्नो अनुहारको नैसर्गिक सौन्दर्य र लालिमा बढाउन चाहन्छन् भने उनीहरूले नियमित रूपमा पालुंगोको रसको सेवन गर्नुपर्छ । पालुंगोको निरन्तर सेवनले छालामा निखार आउने देखिएको छ । छाला नरम पनि हुन्छ । स्निग्धता बढ्छ ।पालुंगो पकाएर, तरकारीका रूपमा खानुभन्दा काँचै खाँदा नै बढी लाभप्रद र गुणकारी हुन्छ । यसको सेवनले रगत शुद्घ हुन्छ । पालुंगो मुलुकको करिब करिब सबै भागमा पाइन्छ । यसको बिरुवा करिब एकदेखि डेढ फुट अग्लो हुन्छ । यो शीत ऋतुमा बढी मात्रामा उम्रिन्छ ।  यसमा पाइने तत्त्वमा मुख्यत: क्याल्सियम, सोडियम, क्लोरिन फोस्फोरस, फलाम, खिनिज, लवण, प्रोटिन, श्वेतसार, भिटामिन ‘ए’ र ‘सी’ आदि उल्लेखनीय छन । यी तत्त्वमा पनि फलाम विशेषत: पाइन्छ । लौह तत्त्व मानव शरीरका लागि उपयोगी, महत्त्वपूर्ण र अनिवार्य हुन्छ । फलामले गर्दा नै मानव शरीरको रगतमा स्थित रक्तानुमा रोग निरोधक क्षमता तथा रगतमा रातोपना आउँछ । आयुर्वेदका अनुसार शरीरमा फलामको कमीले शक्तिमा ह्रास, शरीर निष्तेज हुनु, उत्साह हिनता, स्फुर्तिको कमी, आलस्य, दुर्बलता, अरुचि र कलेजो सम्बन्धी बिकार उत्पन्न हुन्छ । पालुंगो साग वायु कारक, शीतल, कफ बढाउने, श्वास, पित्त, रक्त बिकार एवं ज्वरोलाई हटाउने मानिन्छ । आयुर्वेद अनुसार, पालुंगोको तरकारी सामान्यत: रुचिकर तथा छिट्टै पच्ने खालको हुन्छ । यसको बीउ शीतल दिने खालको हुन्छ । सास फेर्न कठिनाइ भएको, कलेजो सुन्निएको भए निको पार्न यही तरकारी उपयोगी मानिन्छ ।

किन निदाउँछ हातखुट्टा ?

कार्तिक १४, २०७२- के तपाईं राति, बिहान एक्कासि उठ्दा वा कुनै ठाउँमा निरन्तर बसिरहेपछि हात वा खुट्टा केही क्षणको लागि चेतनाहीन हुने समस्यामा पर्नुभएको छ? कुनै पनि उमेरमा अचानक हुने यो समस्यामा कहिलेकाहीं हाम्रो हातखुट्टा संवेदनाहीन हुन्छन्। हामी लाई कुनै पनि कुरा छोएको संवेदना हुँदैन। यो सँगै प्रभावित स्थानमा दुखाइ, झमझम हुनु, कमजोरी आदि असामान्य अनुभव पनि हुन सक्छ। बोलचालको भाषामा हामीले यसलाई हातखुट्टा निदाएको भन्छौं। निदाएको वा संवेदना गुमाइसकेको अंगमा अलिअलि झमझम हुन्छ। यसपछि हामी के अनुभव गर्छौं भने ती अंग विशेष चेतनाहीन भए। सियो घोचाइजस्तो अनुभव हुन सक्ने भए पनि दुखाइ भने थाहा हुँदैन। चिकित्सकहरूका अनुसार बस्दा बस्दै वा एउटै मुद्रामा काम गर्दै शरीरको कुनै अंग संवेदनाहीन हुने समस्याबाट नजुध्नेहरू विरलै हुन्छन्। ‘स्वस्थ व्यक्तिलाई समेत शरीरको अंग एक्कासि संवेदनहीन हुनु आम व्यक्तिमा देखिने सामान्य समस्या हो,’ त्रिवि शिक्षण अस्पताल, स्नायु विभागका स्नायु रोग विशेषज्ञ प्राडा.जेपी अग्रवाल भन्छन्, ‘यो समस्या देखिनु पछाडि सामान्य दबाब पर्नुसँगै लिएर नशासम्बन्धी समस्या, हाड खिइनु, भिटामिनको कमी लगायतका थुप्रै कारणहरू हुन सक्छन्।’ धेरैजसो व्यक्ति यो समस्या सुत्दाताका अनुभव गर्छन्। हरेक व्यक्ति पृथकपृथक स्थितिमा सुत्ने गरेका छन्। सुत्दाताका कहिलेकाहीं हातखुट्टा संवेदनाहीन भएको अनुभव गर्छन्। यसको कारण त्यो अंग विशेषको रगतको धमनी वा नशामा दबाब बढी समय रहनु हो। यो समस्या केही मिनेटका लागि भए आत्तिनुपर्ने केही छैन। तर यस्तो स्थिति घन्टौं जारी रहे वा पटक(पटक भइरहे चिकित्सकीय परामर्श अत्यावश्यक हुन्छ। अंग विशेष निदाउने प्रक्रिया जटिल छ। प्रा.डा.अग्रवालका अनुसार कुनै खास परिस्थिति, अवस्थाले गर्दा शरीरमा पर्ने दबाब अंग विशेषको थुप्रै कोषीय फाइबरबाट बनेको नशाहरूमा पर्छ। प्रत्येक कोषीय फाइबर फरक–फरक संवेदनालाई मस्तिष्कमा पुर्‍याउँछ। यो फाइबर ‘माइलिन’ नाम गरेको सेता पदार्थले बनेको झिल्ली हो। यसमा दबाब पर्दा मस्तिष्कसम्म नशाद्वारा पर्याप्त मात्रामा सञ्चार हुन पाउँदैन। ‘सञ्चारको अभावमा मस्तिष्कसम्म त्यो अंगबारे पुग्ने जानकारी अबरुद्घ हुँदा त्यहाँ संवेदना अनुभव हुँदैन अंग चेतना हिन हुन्छ,’ प्रा.डा.अग्रवाल भन्छन्, ‘तर त्यो अंग विशेषमा केही समय विशेषका लागि परेको दबाब हटेपछि सञ्चार जारी भएर ती अंग विशेषको संवेदना फर्कन्छ।’ रक्त सञ्चारमा कमी, नशा च्यापिएर वा नशा विकृत भएरसमेत हातखुट्टा निदाउने समस्या हुन सक्ने उल्लेख गर्दै प्रा.डा.अग्रवाल भन्छन्, ‘स्वस्थ व्यक्तिलाई हातखुट्टा निदाउने समस्या बारम्बार देखिन थाले एकपटक विशेषज्ञसँग देखाउनु आवश्यक हुन्छ।’ रक्त सञ्चार वा नशाको कारण मात्र नभएर हातखुट्टा निदाउने समस्या कहिलेकाहीं स्पोन्डुलाइटिस अर्थात् हाड खिइने समस्याले समेत देखिन सक्छ। भिटामिन बी १२ लगायत अन्य भिटामिनको कमीले समेत अंग निदाउने समस्या देखिन सक्छ भने अस्टियोअर्थराइटिसमा पनि यो समस्याले च्याप्न सक्छ। हाड, भिटामिन, नशाको कारणले हुने हातखुट्टा निदाउने समस्या सामान्यत: उमेरको चार दशक पार गरेकाहरूमा बढी देखिन्छ। तर शरीरमा पर्ने असामान्य दबाबले गर्दा यो समस्या जुनसुके उमेरसँगै जुनसुकै बेला हुन सक्छ। ‘उमेर पुगिसकेकाहरूमा रक्तनलीमा समस्या, उच्च रक्तचाप लगायतकाले गर्दा यो समस्या बढी देखिन्छ,’ प्रा.डा.अग्रवाल भन्छन्, ‘यो समस्यामा सबैभन्दा पहिले फिजिसियनसँग देखाउनु उपयुक्त हुन्छ।’ फिजिसियनले बिरामीमा यो स्नायु, हाडजोर्नी वा रक्तनलीसँग सम्बन्धित रहेको निक्र्यौल गरेर विशेषज्ञ नजिक रेफर गर्न सक्छन्। कहिलेकाहीं एक्कासि हातखुट्टा निदाउने समस्यामा तुरुन्त चिकित्सकीय सहयोगसमेत आवश्यक हुन्छ। यसो नगरे जटिल स्वास्थ्य समस्यासमेत देखिन सक्छ। ‘एक दमै अचानक हात वा खुट्टा दुख्नु, चलाउन नसक्ने हुनु कहिलेकाहीं चेतनाहीन हुने भयो भने तुरुन्त चिकित्सकीय सहयोग दिनु आवश्यक हुन्छ,’ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ कार्डियो थोरासिक सर्जन प्रा.डा.भगवान कोइराला भन्छन्, ‘यो समस्या रगत नलीबाट रगत सञ्चार नभएर हुन सक्ने भएकोले यसमा छिटो रगत नलीसम्बन्धी विशेषज्ञको सुझाव आवश्यक हुन्छ।’ पलेँटी मारेर लामो समयसम्म बस्दासमेत पैताला निदाउने, कमजोर हुने समस्या देखिन्छ। योगअन्तर्गत पलेँटी मारेर लामो समयसम्म बस्ने नेता, व्यापारी, बुद्घिजीवी लगायतकाहरू पैताला निदाउने, कमजोर हुने समस्यासहित पुग्ने गरेको प्रा.डा.अग्रवाल बताउँछन्। पलेँटी मारेर लामो समयसम्म बस्दा ‘कमन पेरोनियल नर्भ’ मा दबाब पर्ने निचोर्ने (कम्प्रेसन) काम सुरु हुने उल्लेख गर्दै प्रा.डा.अग्रवाल लामो समयसम्म पलेँटी मारेर न बस्ने सुझाव दिन्छन्। ‘हातखुट्टा निदाउने प्राय:जसो स्नायुको नशासँग सम्बन्धित हुन्छ,’ मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक एवं कार्डियोभास्कुलर सर्जन प्रा.डा.उत्तम कृष्ण श्रेष्ठका अनुसार केही खास अवस्थामा अंग विशेष निदाउने समस्या भए भास्कुलर शल्यचिकित्सकको सल्लाह आवश्यक हुन्छ। प्रा.डा. श्रेष्ठका अनुसार हातखुट्टा निदाउने समस्या रगतको नशासँग सम्बन्धित भए समयमै उपचार नगरे हातखुट्टा गुम्ने सम्भावनासमेत हुन्छ। घरेलु सामान्य उपचारअन्तर्गत हातखुट्टा निदाउँदा प्रभावित ठाउँमा तातो पानीले सेक्दा रक्त सञ्चारमा वृद्घि भएर नशासँगै मांसपेसीहरू तनावरहित हुन्छ। निदाएको हातखुट्टामा मालिस गर्दासमेत रक्त सञ्चार वृद्घि भएर संवेदना फर्कने गर्छ। सुख्खा मालिससँगै न्यानो तेल मालिस फायदाकारी हुन्छ। व्यायामले समेत निदाएको अंगलाई राहत प्रदान गर्छ। यसले शरीरमा रक्तसञ्चारसँगै अक्सिजनको मात्रामा वृद्घि हुन्छ।

सौर्य ऊर्जाबाट अर्बपति

कार्तिक १४, २०७२- चीनको धनाढ्यहरूमध्ये ली हेजुन पनि एक हुन्। उनी नवीकरणीय ऊर्जामा लगानी गर्ने चिनियाँ उद्यमी हुन्। उनको सम्पत्तिको स्रोत आफैंले सञ्चालनमा ल्याएको सौर्य ऊर्जा कम्पनी हो। सौर्य ऊर्जाका लागि आवश्यक पर्ने उपकरणको उत्पादन उनको कम्पनीले गर्दै आएको छ। चीनको राजधानी बेइजिङमा बसोबास गर्ने हेजुनलाई फोब्र्सले यो वर्ष अर्बपतिको सूचीमा ३८औं स्थानमा राखेको छ। उनको कूल सम्पत्ति २१ दशमलव १ अर्ब अमेरिकी डलर रहेको छ। नवीकरणीय ऊर्जा कम्पनी ‘ह्यानेर्जी’ समूहका प्रमुख हुन्, उनी। यो वर्षको सुरुमा उनी चीनकै सर्वाधिक धनाढ्य बनेका थिए। तर, मेको अन्त्यसम्ममा उनको स्थिति केही तल झरिसकेको छ। सन् १९६७ मा हेयुआन ग्वाङडोङमा जन्मेका उनी आफ्नो बाल्यकाल त्यही बिताएका थिए। सुरुको अवस्थामा उनको ‘हानेर्जी थिन पावर ग्रुप लिमिटेड’ ग्लोबल सोलर इन्ड्रस्ट्री क्षेत्रमा धेरै माथि रहेको थियो। उनको व्यापारले विश्वजगतलाई सौर्य ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। हेजुनको अतित अत्यन्तै संघर्षपूर्ण रह्यो। पटक–पटक उनी विवादमा समेत मुछिए। तर, हरेस भने कहिल्यै खाएनन्, सधैं आफ्नो लक्ष्यमा पुग्न तत्पर रहे। उनले एउटा व्यापारपछि अर्कोमा पनि लगानी गर्न पछाडि परेनन्। जहाँसम्म व्यापारमा उनको प्रवेशको कुरो छ, सन् १९९४ मा इलेक्ट्रोनिक्स सामान र खेलौनाबाट हेजुनले आफ्नो व्यापार थालेका हुन्। पछि त्यही व्यापारलाई उनले हानेर्जी ग्रुप नाम दिए। चीनको दक्षिणपूर्वस्थित ग्वाङडोङ प्रान्तको हेयुआन सहरमा सानो ड्याम्स निर्माणमा आबद्ध भई जलविद्युत् निर्माणमा उनले पहिलो ब्रेक पाएका हुन्। उक्त ड्याम निर्माणपछि १९९० को मध्यमा त्यहाँको स्थानीय सरकारले कारखानाहरूमा पर्याप्त मात्रामा बिजुलीको आपूर्ति गर्न सफल भयो। तर, १९९० को अन्त्यतिर उनको जीवनमा आमूल परिवर्तन आयो, जब चीनको दक्षिणपश्चिम प्रान्त युनानको स्थानीय सरकारले निजी उद्यमीहरूलाई भौतिक संरचना निर्माणमा समेत निम्तो गर्‍यो। युनानले राजधानी बेइजिङलाई जलस्रोत क्षेत्रमा आकर्षण गर्न संघर्ष गरिरहेकै बेला लिले लगानी गर्न चासो देखाए। युनानको प्रान्तीय सरकारले हेजुनसँग तत्काल जिन्सा नदीमा आठवटा ठूला जलविद्युत् ड्याम्स निर्माण गर्न सम्झौता गरेको थियो। यसले युनानतर्फ बेइजिङको पर्याप्त ध्यानाकर्षण भएको थियो। सन् २००० को सुरुमा राज्यस्तरका विद्युत् विकासमा योगदान पुर्‍याउने निकायले निजी कम्पनीको लगानीमाथि प्रश्नचिह्न खडा गर्दै हेजुनलाई विवादमा मुछेपछि उनले आफ्नो व्यापार परिवर्तन गर्ने निधो गरेको बताइन्छ। अझ वातावरण बचाऊ अभियानमा लागेकाहरूले हेजुनको परियोजनाअन्तर्गत ड्याम्स निर्माणलाई अस्थायी रूपमा रोक लगाएपछि उनी त्यसलाई पनि परित्याग गरे। त्यसको केही वर्षपछि उनले वायु ऊर्जामा आफ्नो कम्पनीलाई प्रवेश गराउने प्रयास गरे। सन् २०१० मा हानेर्जीले युनान प्रान्तमा ड्याम निर्माण पूरा गर्न चीनको ‘स्याडो बैंकिङ सिस्टम’ मार्फत धेरै रकम असुल्न सफल भएको थियो। जिनानक्विओ ड्यामलाई ‘क्यास काउ’ नामसमेत राखेका थिए, हेजुनले। त्यही रकमले उनलाई सौर्य ऊर्जामा लगानीका लागि सहयोग पुर्‍यो। पछि सौर्य ऊर्जा कम्पनीबाटै उनले आफ्नो आम्दानी बढाउँदै लगेर अर्बपति बनेको बताइन्छ। यसरी इलेक्ट्रोनिक्स उपकरणहरूको उत्पादनबाट थालेको व्यापारले हेजुन बिस्तारै जलविद्युत् हुँदै सौर्य ऊर्जा कम्पनीमा लगानी गर्न पुगे र मनग्ये धन आर्जन गरे। पछि फोटोभोल्टेइक इन्ड्रस्ट्रीमा केन्द्रित गरे। त्यसमा उनले ३ दशमलव ४२ अर्ब अमेरिकी डलर लगानी गरेका थिए। उक्त उद्योगमार्फत अनुसन्धानसँगै पातलो सौर्य फिल्मको विकास गर्न थाले। आफ्नै गृहनगरमा दुईवटा विद्युत् उत्पादन केन्द्रसमेत बनाए। यति गर्दा पनि उनीबारे हेयुआनका बासिन्दाको मिश्रित प्रतिक्रिया छ। केहीले उनलाई हानेर्जीमार्फत विद्युत् उत्पादन केन्द्रका नाममा जग्गाको गलत प्रयोग गरेको आरोप लगाएका छन्। केहीले भने उनलाई विकास निर्माणका सहयोगकर्ताका रूपमा लिएका छन्।

नाकाबन्दी अन्तर्राष्ट्रियकरण किन नगरेको ? : सर्वोच्च




कार्तिक १३, २०७२- सर्वोच्च अदालतले भारतबाट भएको नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण नगर्नाको लिखित कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । नाकाबन्दीका कारण पुरै देश संकटमा पर्दा पनि त्यसबारे मौन बस्नु अनुचित भन्दै उपभोक्ता हित संरक्षण मञ्चले असोज २१ गते दायर गरेको रिटमाथिको सुनुवाइमा प्रधान न्यायाधीश कल्याण श्रेष्ठको शुक्रबार बसेको इजलाशले सरकारलाई आदेश गरेको हो । युद्धमा समेत रोक लगाउन नपाइन मानवीय आवश्यकताका सामग्रीहरु एलपिजी ग्यास, डिजेल, पेट्रोल, औषधि, हवाइ इन्धनलगाय पदार्थ नेपालले किनेर ल्याउँदा समेत भारतले रोक लगाउँदा सम्मानपूर्वक बाँच्न पाउने मानवअधिकारको अन्तर्राष्ट्रिय सिद्धान्तमा गम्भीर उल्लंघन भएको रिट निवेदकको जिकिर छ । विश्व व्यापार संगठनको सदस्य समेत रहेको नेपालले अन्य देशबाट समेत सामानहरु छिमेकी देशको बाटो भएर ल्याउन पाउने कानूनी अधिकार राख्छ । अन्तराष्ट्रिय समुन्द्री कानूनले भूपरिवेष्ठित देशलाई निर्वाध रुपमा समुन्द्रसम्म पहुँच राख्न पाउने सुविधा दिएको छ । यी कानूनहरु उल्लंघन भएमा कुनै पनि देशले राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय नाकामा उजुरी गर्न सक्ने कानूनी प्रावधान छ । तर सरकारले यसबारे अन्तराष्ट्रिय जगतलाई अवगत गराउनु कता हो कता उल्टै नाकाबन्दी हो भनेर समेत घोषणा नगरेकाले तीन करोड नेपाली जनता त्यसै पिल्सनु परेको निवेदनमा उल्लेख छ । भारतीय संविधानमा भारतसँग कुनै देशले गरेको सन्धी सम्झौता पालना नभएको भए उक्त देशले भारतलाई त्यसबारे औपचारिक जानकारी गराउनु पर्ने व्यवस्था समेत छ । ‘तर सरकारले यसबारे चुँसम्म पनि बोलेको छैन’ अधिवक्ता बानियाँ भन्छन्,‘देश चलाउने जिम्मा लिएकाहरुले यसरी लत्तो छाड्न मिल्दैन, त्यसले गर्दा आम मानिसको जीवन यातनापूर्ण हुन गएको छ ।’ नेपाल भारतबीचका प्रत्येक भन्सार नाकाबाट चौबिसै घण्टा विना वाधा अवरोधन सामानहरु आवत जावत गर्न पाउने सुविधा पहिले झैं निर्वाध उपभोग गर्न नपाउञ्जेल सरकारले त्यसलाई अन्तराष्ट्रिकरण गर्नु पर्ने जिकिर निवेदनमा गरिएको छ । निवेदनमा नाकाबन्दी बारे भारतलाई भारतकै संविधान अनुसार निवेदन दिने र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा उजुरी हाल्ने काम सरकारले नगरेकाले त्यो तत्काल गराउन सर्वोच्चबाट आदेश जारी हुनु पर्ने निवेदकको माग छ । त्यस अनुसार आदेश जारी गर्न पर्ने नपर्ने बारे छलफलका लागि सर्वोच्चले सरकारलाई अदालतमा लिखित जवाफसहित हाजिर हुन पनि भनेको छ ।

चीनसँगको सम्झौताबारे भारतले भन्यो– ‘मधेसको समस्या सुल्झिन्न’

कार्तिक १४, २०७२- नेपाल–चीन पेट्रोलियम सम्झौताले सीमावर्ती मधेस क्षेत्रमा जारी आन्दोलन र गतिरोध सुल्झाउन कुनै सहयोग नपुग्ने बताएको छ। जवाहरलाल नेहरू भवनमा शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले सम्झौताबारे भारत सरकारको ध्यानाकर्षण भएको भन्दै उक्त धारणा राखेका हुन्।  ‘नेपालमा चाहिने पेट्रोलियम पदार्थमध्ये झन्डै ७० प्रतिशतको अनुपात रक्सौल (वीरगन्ज) नाकाबाट निर्यात हुँदै आएको अवस्थामा उक्त नाकामा जारी अवरोधका कारण सहज ढुवानी हुन सक्ने अवस्था अझै देखिन्न,’ प्रवक्ता स्वरूपले भने, ‘अहिले भारतीय आयल निगमले अरू नाकाबाट मुस्किलले ३० प्रतिशतको अनुपातमा पेट्रोलियम नेपालतर्फ निर्यात गर्न सकेको छ।’ रक्सौल (वीरगन्ज) नाका नखोली अन्यत्र जहाँबाट जसरी पेट्रोलियम पदार्थ ल्याए पनि स्थिति सहज नहुने संकेत गर्दै प्रवक्ताले नेपालमा बढ्दो चिनियाँ प्रभाव र भारतविरोधी गतिविधिबारे भारत जानकार रहेको बताए। उनले मधेसी मोर्चाले नेपालमा जनाएको संविधानबारेको असहमति र नसुल्झेका राजनीतिक मुद्दालाई सम्बोधन गर्नै बाँकी रहेको बताउँदै हालै दिल्ली भ्रमणमा आएका नेपालका परराष्ट्रमन्त्री कमल थापाले ‘मधेस क्षेत्रमा देखिएको समस्या राजनीतिक भएको र यसलाई राजनीतिक प्रकृतिबाटै सुल्झाइने प्रतिबद्धता जनाएको’ बताएका थिए। प्रवक्ता स्वरूपले अर्को एक जिज्ञासामा भारतमा सेवारत रहेर अवकाशप्राप्त पूर्वगोर्खा सैनिकको पेन्सन वितरण रोक्का भएकोबारे विदेश मन्त्रालयलाई जानकारी नरहेको स्पष्ट पारेका थिए। ‘नेपाल–भारत सम्बन्ध आफैंमा सांस्कृतिक, सभ्यतागत र ऐतिहासिक पहिचानमा जोडिएको छ,’ उनले भने, ‘दुई देशबीच रोटीबेटीको सम्बन्ध छ, नेपालको मधेस क्षेत्रमा देखिएको समस्या समाधानमा राजनीतिक तहमा वार्ता सुरु भइसकेको स्थिति छ। आशा छ, दुई देशबीचको सम्बन्ध पुन: पुरानै स्थानमा आउनेछ।’ उनले भारतले पछिल्ला दुई वर्षमा २ अर्ब डलरको सहयोग अनुदान उपलब्ध गराएको सन्दर्भ उल्लेख गर्दै ‘तर, यो आर्थिक सहयोगका आधारमा मात्रै द्विदेशीय सम्बन्ध निर्धारित हुन नसक्ने’ स्पष्ट पारेका थिए। 

चीनले किन हटायो एक सन्तान नीति ?

जनवादी गणतन्त्र चीनले आफ्नो दशकौँ लामो एक सन्तान नीति अन्त्य गर्ने निर्णय गरेको छ । सरकारी संचार माध्यम सिन्ह्वाले चिनिया कम्युनिष्ट पार्टीको विज्ञप्ती उधृत गर्दै यो सरकारी निर्णयको जानकारी दिएको छ ।
अबदेखि चिनिया दम्पतीहरुले दुइवटा सन्तान जन्माउन पाउनेछन् ।
देशको तिव्र जनसंख्या वृद्धि नियन्त्रण गर्न चीनले सन् १९७९ मा यो विवादास्पद नीति लागु गरेको थियो । यो नीतिले चीनमा ४० करोड जनसंख्या बढ्नबाट रोकेको बताइन्छ । तर एक सन्तान नीतिका कारण जन्मदरमा आएको कमीसँगै चीनमा वृद्धावस्थाको जनसंख्याको अनुपात बढ्दै गएपछि सरकारमाथि यो नीतिमा परिवर्तनका लागि दबाब पर्दै आएको थियो ।
स्मरण रहोस् चीनमा अहिलेसम्म एक सन्तान नीति लागु गराउन सरकारले कडा नियम अख्तियार गर्दै आएको छ । यो नीति उल्लंघन गर्ने दम्पतीलाई जरिवाना देखि जागिर खोसिदिने तथा बलपूर्वक गर्भपतन गराइदिने लगायतका सजाय दिने गरिएको छ ।
यद्यपि कतिपय प्रान्तमा भने यो नीति केही हदसम्म खुकुलो पारिएको थियो । जनसंख्याविद तथा समाजशास्त्रीहरुले एक सन्तान नीतिका कारण सामाजिक लागतमा वृद्धि हुँदै गएको र काम गर्ने उमेरका मानिसको संख्या घट्दै जाँदा कामदारको संख्या घटिरहेको विषयमा चासो व्यक्त गर्दै आएका थिए ।
जनसंख्याको सन्तुलित विकाशमा सुधार गर्न तथा बुढो बन्दै गएको जनसंख्यालाई सम्बोधन गर्नका लागि दम्पतीहरुलाई दुइ सन्तान जन्माउन अनुममति दिने निर्णय गरिएको चिनिया कम्युनिष्ट पार्टीको केन्दि्रय कमिटीको विज्ञप्तीलाई उधृत गर्दै सिन्ह्वाले जनाएको छ ।
चीनमा हाल कुल जनसंख्याको ३० प्रतिशत ५० वर्ष भन्दा माथिका छन् । चीनको कुल जनसंख्या १ अर्ब ३६ करोड रहेको छ ।
चिनिया कम्युनिष्ट पार्टीले दुइ वर्षअघि नै एक सन्तान नीतिलाई खुकुलो पार्दै लगिने बताएको थियो । जस अन्तरगत श्रीमान श्रीमतीमध्ये कम्तिमा कुनै एकजना एक्लो सन्तान भएको खण्डमा ती दम्पतीलाई दुइवटा सन्तान जन्माउन दिने घोषणा गरिएको थियो ।
सन् १९७९ देखि लागु भएको एक सन्तान नीति अन्तरगत सन् २००७ सम्ममा एक तिहाइ चिनियाले जरिवाना नतिरिकन दोश्रो सन्तान पाउन सकेनन् । ग्रामीण क्षेत्रमा भने पहिलो सन्तान छोरी भएको खण्डमा दोश्रो सन्तान जन्माउन दिइएको थियो । त्यस्तै जातिय अल्पसंख्यक दम्पतीहरुमा पनि उनीहरु आफै एकमात्र सन्तान भएको खण्डमा पनि दुइवटा सन्तान जन्माउन दिने नीति सन् २०१३ मा लिइएको थियो ।
चीनको एक सन्तान नीतिका आलोचकहरुले भने यो नीतिले महिलाहरुमा बाध्यकारी गर्भपतन, बालिका शिशु हत्या तथा छोरीहरु कम जन्मिने जस्ता समस्या देखिएका थिए । जसका कारण चीनमा लैंगिक असन्तुलन समेत पैदा हुन थालेको थियो ।
तर सरकारले एक सन्तान नीति हटाएपछि चीनमा धेरै परिवारले एउटै मात्र सन्तान जन्माउन चाहनेछन् । किनकी चीनमा एक सन्तान एउटा नियम तथा पारिवारिक र सामाजिक मूल्य जस्तै बनेको छ । त्यसैले दुइ सन्तान नीतिले पनि त्यहाँको जन्मदरमा बढावा गर्ने सम्भावना निकै कम रहेको बताइन्छ ।
साथै सरकारको यो नीति परिवर्तनले महिलाको प्रजनन अधिकारमाथि पावन्दी कायमै राखेको देखिन्छ । दम्पतीहरुलाई केवल दुइवटा मात्र सन्तान जन्माउन छुट दिइएको छ र दुइभन्दा बढि सन्तान जन्माउन भने पाइनेछैन ।
सन्तानमा कोटा तथा अनुगमन प्रणाली कायम राखेसम्म महिलाले प्रजनन अधिकारको अनुभुति गर्न नपाउने मानव अधिकारवादीहरुले बताएका छन् ।

अन्नपूर्ण प्रथम आरोहणमा गएका एक आरोहीको मृत्यु

१४ कात्तिक, मुस्ताङ । अन्नपूर्ण प्रथम हिमाल आरोहणमा गएका एक अस्ट्रेलियन नागरिकको मृत्युभएको छ ।
मुस्ताङ र म्याग्दीमा पर्ने अन्नपूर्ण प्रथमको आरोहणका लागि गएका ती आरोहीको छ हजार मिटरको उचाइबाट खसेर मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।
मृत्यु हुने आरोहीको पहिचान हुन सकेको छैन । हिमाल आरोहणका लागि एकदमै सहज मानिने अन्नपूर्ण प्रथममा चार जनाको टोली चार दिनअघि त्यसतर्फ गएका थिए ।
सहकर्मी खसेर मृत्यु भएपछि उनका सहकर्मी आधा बाटोबाटै फर्किएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिए । ‘सीमा प्रहरी चौकीमा हामीले खबर गरेका छौँ, अप्ठ्यारो ठाउँमा रहेका कारण शव निकाल्न सक्ने अवस्था छैन’, उनले भने ।
आधार शिविरसम्म पुग्नका लागि हेलिकप्टर अथवा मुस्ताङको कुञ्जो हुँदै घुमाउरो बाटो जानुपर्ने हुन्छ । पैदल जाँदा दुईदिन लाग्ने भएकाले अधिकांश आरोही हेलिकप्टरमार्फत सिधै त्यहाँ पुग्ने गर्दछन् । मृतक आरोहीको पहिचान र शव ल्याउने प्रयास भइरहेको सीमा प्रहरी चौकीले जनाएको छ । रासस

रसुवा केन्द्रबिन्दु भएर ४।३ रेक्टर स्केलको परकम्प


काठमाडौँ – आज बिहान ९ बजेर २८ मिनेट जाँदा रसुवा केन्द्रबिन्दु भएर ४।३ रेक्टर स्केलको परकम्प गएको छ ।
earthquake-गत वैशाखमा गएको भूकम्पपछि योसहित चार रेक्टर स्केलभन्दा माथिका ४०५ परकम्प गइसकेको राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

नाकाबन्‍दीले खाने तेलमा कालोबजारी

विराटनगर: बन्द र नाकाबन्दीलाई बहाना बनाएर विराटनगरमा खाने तेलको कालोबजारी सुरु भएको छ। 
 दुई सातायता सूर्यमुखी र तोरी तेलको मूल्य प्रतिलिटर कम्तीमा ५० रुपैयाँसम्म बढेको छ । यस्तो तेलमा प्रतिकार्टुन सात सयदेखि आठ सय रुपैयाँसम्म मूल्य बढाइएको छ।
 
खाने तेलको खपत बढ्ने पर्व तिहार नजिकिँदै गएकाले चर्को मूल्य तिरेर भए पनि उपभोक्ता खरिद गर्न बाध्य भएका छन्। विराटनगरमा प्रतिलिटर एक सय २५ रुपैयाँमा पाइने सूर्यमुखी तेल अहिले एक सय ९० रुपैयाँमा बेच्ने गरिएको छ। 
 
त्यस्तै तोरी तेल प्रतिलिटर एक सय ७० बाट बढाएर दुई सय रुपैयाँ पुर्‍याइएको छ। विराटनगर-१२ की उपभोक्ता अनिशा खनालले भनिन्, 'पन्ध्र दिनअघिसम्म एक सय २५ रुपैयाँमा पाइएको तेलको भाउ पचास रुपैयाँ बढाएछन्।'
 
विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार बन्दको यो अवधिमा पनि प्रशोधन गरेर बनाइने सूर्यमुखी तेल निकालिने क्रुड आयलको आयात भने घटेको छैन। सूर्यमुखी र भटमासको तेल निकाल्न प्रशोधन गरिने क्रुड आयल आयात गर्दा अढाइ प्रतिशत मात्र भन्सार राजस्व बुझाउनुपर्छ।
 
उद्योगीहरूले भने तेल उद्योग नै सञ्चालन गर्न नसकिएको दाबी गर्दै बजारमा पहिल्यै गएको तेल खुद्रा व्यापारीले मूल्य बढाएको हुनसक्ने भनेर आफ्नो बचाउन गरेका छन्। क्रुड आयललाई विभिन्न चरणमा उद्योगबाट प्रशोधन गरेपछि भटमासको तेल र सूर्यमुखीको तेल प्याक गरेर उद्योगले बिक्री गर्छन्।
 
विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुंगानाले भने, 'भदौ र त्यसयताको आयातमा खासै उतारचढाव आएको देखिँदैन। यस हिसाबले एक्कासि मूल्यचाहिँ नबढ्नुपर्ने हो।' तर बन्दयता ढुवानीमा आएको समस्याले थोरै मात्रामा मूल्यमा हेरफेर भएको हुनसक्ने उनले बताए।
 
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बजारमा खानेतेलको कालोबजारी भएको विषयमा बजार अनुगमन हुने बताए। उनले भने, 'गलत काम गर्ने जोकोहीलाई कारबाही हुनेछ।'
 
भन्सार कार्यालयका अनुसार असोजमा उद्योगीले १० करोड ६६ लाख मूल्य तिरेर एक हजार दुई सय ४० मेट्रिक टन क्रुड आयल आयात गरेका छन्। त्यस्तै कात्तिक लागेपछि ६ करोड २० लाख बराबरको सात सय ४० मेट्रिक टन क्रुड आयल आयात भएको छ। 
 
भदौमा १८ करोड ३८ लाख मूल्य बराबरको दुई हजार दुई सय मेट्रिक टन क्रुड आयात भएको थियो।सेलो ब्रान्डको तेल उत्पादन गर्ने बागमती आयलका सञ्चालक देवकीनन्दन अग्रवालले भने, 'हामीले मूल्यमा हेरफेर गरेका छैनौं। खुद्रा व्यापारीबाट फट्याइँ भएको हुनसक्छ।'
 
कतिपय व्यापारीले भने उद्योगबाट आउने तेलको मूल्य नै बढाइएकाले आफूहरूले पनि सोहीअनुसार खुद्रा मूल्य निर्धारण गरेको बताएका छन्।सुनसरी मोरङ औद्योगिक करिडोर र विराटनगरमा तेल उत्पादन गर्ने पशुपति खाद्य तेल उद्योग,श्रीराम रिफाइनरी, बाबा भेजिटेबल, स्वस्तिक आयल र बागमती आयल सञ्चालनमा छन्।

ड्राइपोर्टमा सात लाख बोरा मल अलपत्र

वीरगन्ज: मधेस आन्दोलनका कारण ढुवानी हुन नसक्दा वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्टमा) झन्डै सात लाख बोरा रासायनिक मल एक महिनादेखि अलपत्र छ।
 
चीन र भारतबाट सरकारले आयात गरेको ३० हजार मेट्रिक टन मल ड्राइपोर्टमा अलपत्र परेको कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार ड्राइपोर्टमा थन्किएको मध्ये चार लाख नौ हजार ६ सय ४० बोरा युरिया र दुई लाख ५० हजार बोरा डीएपी मल छ। करिब सात अर्ब मूल्यबराबरको रासायनिक मल एक महिनादेखि ड्राइपोर्टमा थन्किएको कार्कीले बताए। मधेसी दलले बन्द हडताल कडा पारेपछि र वीरगन्ज रक्सौल नाकमा नाकाबन्दी गरेका कारण ढुवानीका साधन नचलेकाले ड्राइपोर्टबाट कम्पनीको गोदामसम्म पनि ल्याउन नसकेर मल ड्राइपोर्टमै थन्किएको कार्कीले जानकारी दिए। यस्तै पर्सा र बाराका किसानका लागि मात्रै भारतबाट स्थलमार्ग भएर आयात गरिएको थप तीन हजार बोरा मल नाकाबन्दीकै कारण सीमापारि रक्सौलमै रोकिएको कार्कीले जानकारी दिए।'रेल मार्ग हुँदै आयात गरिएको थप चार लाख बोरा युरिया र डीएपी मल पनि भारतकै बाटोमा रोकिएको छ', उनले भने, 'सायद एक दुई दिनमा त्यो पनि ड्राइपोर्टमा आइपुग्छ होला।'
चीन र भारतबाट सरकारले आयात गरेको ३० हजार मेट्रिक टन मल ड्राइपोर्टमा अलपत्र परेको छ। त्यसमा चार लाख नौ हजार ६ सय ४० बोरा युरिया र दुई लाख ५० हजार बोरा डीएपी मल छ।
वीरगन्जको कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयले मध्यमाञ्चलका पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन, रौतहट, पोखरा, पर्वत, नवलपरासी, काठमाडौं, काभ्रे, नुवाकोट, धादिङ, सिन्धुली, धनुषा, महोत्तरीलगायतका २२ जिल्लामा मल आपूर्ति गर्छ। सरकारले किसानलाई अनुदानमा वितरण गर्न आयात गर्ने ८० प्रतिशत रासायनिक मल वीरगन्ज नाका भएरै आउने गरेको छ।
 
ड्राइपोर्टमा रहेका दुई ठूला गोदाम खचाखच भरिएकाले झन्डै दुई लाख बोरा मल ड्राइपोर्ट परिसरकै खुला स्थानमा राखिएको छ। यो मल बिग्रिने खतरा रहेको प्रमुख कार्कीले बताए। बिहिबार बिहानको वर्षाका कारण बाहिर राखिएका मलमा सामान्य क्षति पुगेको उनले बताए।
 
बाहिर राखिएको मल छोप्न मात्रै करिब १० लाख रुपैयाँको त्रिपाल किन्नुपरेको कार्कीले बताए। 'केही त्रिपालले छोपेर राखेका छौं', उनले भने, ‘ठूलो पानी पर्‍यो भने त बाहिर राखिएको सबै मल बर्बाद नै हुन्छ।' धानको सिजनका लागि आयात गरिए पनि आन्दोलनका कारण किसानलाई मल वितरण गर्न नसकिएको कार्कीले बताए।
 
'अब गहुँको सिजन पनि सुरु हुँदैछ', उनले भने, 'बन्द हडताल खुल्ने अझै ठेगान छैन, किसानले मल नपाउने हो भने गहुँ बालीमा पनि ठूलो असर पर्ने सम्भावना छ।' मल ओसार्न ढुवानी व्यवसायीलाई पटकपटक आग्रह गरे पनि असुरक्षा र डिजेलको अभाव देखाउँदै उनीहरूले गाडी नपठाएको कार्कीले बताए।

१८ वर्षीया किशोरी तीन सन्तानकी आमा

संखुवासभा: १८ वर्षीया किशोरी निमछिकी शेर्पा तीन सन्तानकी आमा बनेकी छिन्। अशिक्षा र अज्ञानताले गर्दा उनले १४ वर्षमै बिहे गरिन् र लगातार तीन बच्चा जन्माइन्।
 
स्याबुन-५ देउराली चित्रेका फुर्तेम्बा शेर्पासँग २०६८ सालमा विवाह गरेकी उनका तीन वर्षीया जेठी छोरी निमलमु, दुई वर्षीय छोरा तेन्जी र एक महिनाका छोरा लाक्पा शेर्पा छन्। २०५३ चैत २० गते जन्मिएकी उनी आमा बनेकोमा आफैं छक्क मान्छिन्। 
 
तीन सन्तानकी आमा भए पनि उनी छोराछोरीसँगै खेल्ने गर्छिन्।उनमा बच्चालाई स्तनपान गराउने तरिका, पोषकतत्व र सरसफाइबारे कुनै ज्ञान छैन। उनी आफैं सानो उमेरकी भएकीले आफ्ना सन्तानलाई कसरी पालनपोषण गर्ने र हुर्काउने भन्ने ज्ञान पनि छैन। 
 
कसरी हुर्काउँछौ यी सन्तान भन्ने जिज्ञासामा उनले 'आफैं हुर्किन्छन्' भन्ने जबाफ दिइन्।गाउँमा दुई वर्षमुनिका बालबालिकालाई खुवाउनुपर्ने खानेकुराका विषयमा अभिभावक नै जानकार हुँदैनन्। त्यस कारण बालबालिका कुपोषित हुने गर्छन्। किशोरी आमाहरू भने स्वास्थ्यसम्बन्धी ज्ञान नहुँदा अकालमै मृत्यु हुने जोखिममा रहेका हुन्छन्।निमछिकीका पति ६ महिनाअघि खाडी मुलुकमा रोजगारका लागि गएका छन्। सासूससुरासँग छुट्टिएर बसेकी उनी सामान्य काम गरेर गुजारा चलाउँदै आएकी छिन्।
 
नुम-४ की १६ वर्षीया सीता विक र १६ वर्षीया सविता गुरुङ (विक) पनि काखे बच्चा हुर्काउन व्यस्त छन्। सोही गाउँकी १५ वर्षीया विमला तामाङले १२ वर्षकै उमेरमा बिहे गरी १४ वर्षमा बच्चा जन्माएकी थिइन्। 
 
उनीहरू कोही पनि कखरा चिन्दैनन्। सानैमा गाउँमा भागी विवाह भएकाले पढ्न नपाएको उनीहरूले बताए।वरुण बहुमुखी क्याम्पसका प्रमुख टीकाराम गुरुङ किशोरकिशोरी चाँडै निर्णय लिन तत्पर हुने तर परिपक्व नहुने भएकाले यस्ता समस्या आउने गरेको बताउँछन्। 

अभिभावक नै यसमा प्रमुख जिम्मेवार हुनुपर्ने उनले बताए।जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले किशोरी अवस्थामा विवाह नगर्न र बच्चा नजन्माउन कार्यालयले सचेतना फैलाउने काम गरिरहेको बताए। 
 
उनले स्वास्थ्य संस्थामा गर्भवती जाँच गर्न आउने आमाहरूलाई अवस्था हेरेर थप सचेतना पनि दिने गरेको बताए। कार्यालयले दुर्गम क्षेत्रमा देखिएका समस्या समाधान गर्न थप कार्यक्रम सञ्चालन गर्ने लक्ष राखेको पनि उनले जानकारी दिए।
 
दुर्गम गाउँका किशोरी १४ वर्षदेखि नै आमा बन्ने गरेका प्रसस्त उदाहरण भेटिन्छन्। गैरसरकारी संस्था महासंघका अध्यक्ष मनबहादुर लिम्बू यस्ता किशोरी आमा बन्ने क्रम नरोकिएकाले स्वास्थ्य शिक्षा थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउँछन्।