Thursday, October 8, 2015

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं : काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर ४ मिनेटमा दुई पटक भूकम्पको धक्का महुसस भएको हो । भूकम्पले काठमाडौं उपत्यकाको केही क्षेत्रमा घरसमेत हल्लाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुरको लेले नजिकै केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । यसअघि बुधबार अपरान्ह ५ बजेर १५ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूडको धक्का महसुस भएको थियो । वैशाख १२ को शक्तिशाली भूकम्पछि हालसम्म ४ म्याग्निच्यूडमाथिका करिब ४ वटा परकम्प गइसकेका छन् ।

No comments:

Post a Comment