Sunday, October 4, 2015

आयल निगमका वीरगञ्ज प्रमुख मोर्चा कार्यकर्ताको नियन्त्रणमा

आश्विन १८, २०७२- तेल आयातको अवस्था बुझ्न रक्सौल जाँदै गरेका नेपाल आयल निगम वीरगञ्ज डिपोका प्रमुख अशोक साहलाई मितेरी पुलमा धर्नामा बसेका मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । साहलाई आन्दोलनमा समर्थन गर्न दबाब दिंदै मोर्चा कार्यकर्ताले जबरजस्ती धर्नामा बसाएका छन् । मितेरी पुल नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा पर्छ । नियन्त्रणमा लिएर मोर्चा कार्यकर्ताले साहमाथि कुटपिट पनि गरेका थिए । साह अर्का सहयोगीसहित मोटरसाइकलमा रक्सौल जाँदै थिए । मोर्चाका कार्यकर्ताले साहका सहयोगीलाई पनि नियन्त्रणमा लिएका छन् । साह दिनहुँ तेलको अवस्था बुझ्न रक्सौल जाने गर्थे ।

No comments:

Post a Comment