Thursday, October 1, 2015

बङ्गलादेशमा दुई नेतालाई मृत्युदण्डको सजाय

बङ्गलादेश: बङ्गलादेशको एक अदालतले सन् १९७१ को युद्धताका घटेका अमानवीय अपराधमा संलग्न भएको भन्दै यहाँका दुई प्रतिपक्षी नेतालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ । काराबास जीवन बिताइरहेका बङ्गलादेशका जमाते इस्लामिक पार्टीका सहायक महासचिव कामरुजमान र बङ्गलादेश नेसनलिस्ट पार्टीका नेता सलाउद्दिन क्वादर चौधरीविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले मृत्युदण्डको फैसला सुनाएको हो । उक्त अदालतले गएको जुन १६ मा पनि कमारुजानको पार्टीका एक नेता अलिहसन मोहम्मद मोजाहिदविरुद्ध मृत्युदण्डको फैसला सुनाएको थियो ।

No comments:

Post a Comment