Thursday, October 1, 2015
मुस्ताङको कोरल्ला नाका खोले १५ दिनपछि नै तिब्बतबाट सामान आयात
पर्वत, असोज १४ । नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न सकेमा १५ दिनपछि सोझै मालसमान ढुवानी गर्न सकिने देखिएको छ ।
पर्वतको मालढुंगादेखि कोरल्लासम्मको १ सय ९० किलोमिटर लामो मालढुंगा–जोमसोम–कोरल्ला सडकमा १५ दिनपछि सोझो यातयात सम्पर्क स्थापित गर्न सकिने भएकाले मालसामान तिब्बतबाट ढुवानी गर्न सकिने देखिएको हो ।
भारतले अघोषित नाकाबन्दी लगाइरहेको अवस्थामा सबैभन्दा छोटो र ठूलो क्षेत्रफलमा सुख्खा बन्दरगाह बनाउन सकिने कोरल्ला नाका खोल्नका लागि अहिलेसम्म सरकारले ठोस पहल गर्न सकेको छैन ।
मुस्ताङको सदरमुकाम जोमसोममा कालीगन्डकी नदीमा पानीको सतह घटेपछि १५ दिनपछि कोरल्लासम्म सोझै यातयात सम्पर्क कायम हुने सडक डिभिजन कार्यालय बाग्लुङले जनाएको छ ।
व्यापारिक र धार्मिक दृष्टिकोणले नाका सन्चालन गर्न आवश्यक देखेर गृह र परराष्ट्र मन्त्रालयमा यसका बारेमा जानकारी गराएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिए ।
नाका सन्चालन गर्न र सुख्खा बन्दरगाह बनाउका लागि अहिले सीमा क्षेत्रमा जग्गा अधिग्रहणको काम अघि बढाइएको बरालले बताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment