Friday, October 2, 2015
अघोषित नाकाबन्दी शनिवारदेखि हट्ने
काठमाडौं, 15 असोज । भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी शुक्रवार साँझ वा शनिवारवाट खुल्ला हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमण फर्के लगत्तै साउथ ब्लकको बैठक बस्ने र नेपाली राजदुतसँग भेटेर नाकाबन्दी खुलाउने तयारी भएको नेपाली उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ ।
भारतीय प्रधानमन्त्री मोदी संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर आज (विहिवार) भारत फर्कदै छन् । स्रोतले दिएको जानकारी अनुसार उनी आउनासाथ नेपाल सम्बन्धमा छलफल गर्न साउथ ब्लकले बैठक आयोजना गरेको छ । सो बैठकमा प्रधानमन्त्री मोदी पनि सहभागी हुदैछन् ।
यस्तै भारतीय प्रधानमन्त्री मोदीले भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायलाई भोलि (शुक्रवार) भेट्ने कार्यक्रम छ । केहि दिन अगाडि मात्रै नेपाल आएका राजदुत उपाध्यायले नेपाल सरकारको औपचारिक कुरा मोदीसँग राख्ने कार्यक्रम तय भएको स्रोतको भनाइ छ ।
बुधवार मात्रै नेपालका लागि भारतका राजदुत रणजित रायले पत्रकार सम्मेलन गरी भारतले नाकाबन्दी नगरेको र भन्सार क्षेत्रमा जारी तनावका कारण असुरक्षा भएकोले आयात निर्यातमा समस्या उत्पन्न भएको बताएका थिए । यस्तै भारतका लागि नेपाली राजदुत उपाध्ययले पनि भारतले नेपालमाथि नाकाबन्दी नलगाएको धारणा राखेका थिए ।
‘छिटोमा शुक्रवार बेलुकीदेखि र ढिलोमा शनिवारदेखि भारतवाट सवै कन्टेनर नेपाल प्रबेश गर्ने सुचना पाएका छौं, गाडी नेपाल छिरेपछि निर्धारित स्थानसम्म पुग्नको लागि सुरक्षा दिन सक्नुहुन्छ भन्ने भारतीय पक्षको प्रश्न रहेकोले हाम्रो तर्फवाट आश्वस्त पार्ने कार्य भैरहेको छ,’ नेपालको उच्च सुरक्षा स्रोतले भन्यो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment