Friday, October 2, 2015
प्रभु र ग्राण्डलाई फेरि साधारणसभा गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं, 15 असोज । नेपाल राष्ट्र बैंकले मर्जर प्रक्रियामा रहेका प्रभु बैंक र ग्राण्ड बैंकलाई पुन साधारणसभा गर्न निर्देशन दिएको छ । प्रभु बैंकले ग्राण्ड बैंकलाई अक्वायर गर्ने प्रश्ताव राष्ट्र बैंकमा पेश गरेको तर दुबैविच एक्विजिसन नभै मर्जर हुन लागेकोले सच्याउनको लागि साधारणसभा गर्न निर्देशन दिइएको हो ।
‘प्रभुले ग्राण्ड बैंक अक्वायर गर्ने प्रश्ताव आएको थियो, तर दुई बैंक विच मर्जर हुन लागेकोले शब्द सच्याउनको लागि साधारणसभा गर्न निर्देशन दिएको हो, शब्द सच्याएर ल्याउने वित्तिकै मर्जरको अन्तिम स्वीकृति दिइन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।
राष्ट्र बैंकको यस्तो निर्देशन पछि दुबै बैंकले पुन छुट्टाछुट्टै साधारणसभा गर्नुपर्ने भएको छ । साधारणसभाले मर्जरको स्वीकृति दिएपछि मात्रै बैंक संचालक समितिले मर्जरको अन्तिम निर्णय गर्न पाउने छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment