Sunday, October 4, 2015

भारतले तेल दिने-नदिने आज थाहा हुन्छ : मन्त्री थापा

१८ असोज, काठमाडौं । आपूर्तिमन्त्री सुनीलबहादुर थापाले भारतले तेल दिने वा नदिने आज थाहा हुने बताएका छन् । भारतले शनिबार नाकाबन्दी खुलेको बताए पनि आइतबार तेल दिएन । मागको १० प्रतिशत मात्र दिने भन्दै इन्धन लिन पुगेका इण्डियन आयल कर्पोरेशनको डिपोहरुमा पुगेका नेपाली ट्यांकरहरुमा तेल लोड गरेन । आपूर्तिमन्त्री थापाले यसबारे के भएको हो भनेर आफूले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सोधेको बताए । उनले भने, ‘मैले आज बिहान मात्र दीपजीसँग कुरा गरेको छ ।’ भारतले झुक्याएको हो भन्ने प्रश्नमा आपूर्तिमन्त्री थापाले भने, झुक्यायो नै त म भन्दिँन । तर, हिजो आइतबार भारतमा विदा भएकाले बहाना मिल्यो । आजबाट त कार्यालय खुल्यो । अब थाहा हुन्छ, सत्यता हो कि मूर्खता के भएको हो ?’ आज दिउँसोसम्म भारतले पूर्वप्रतिवद्धता अनुसार तेल दिने नदिने दिउँसोसम्म थाहा हुने उनले बताएका छन् । आपूर्तिमन्त्री थापाले तेल आयातमा विकल्प खोज्ने जिम्मा आयल निगमलाई दिइसकेको बताएका छन् । ‘सबै बैकल्पिक उपाय अध्ययन गरी कार्यान्वयन गर्ने अधिकार नियमलाई दिइएको छ’ चीनबाट तेल ल्याउन नचाहेको आरोप गलत भएको भन्दै उनले भने- ‘सिंगापुर, बंगलादेश, अमेरिका कहाँबाट ल्याउने हो, निर्णय गर्ने अधिकार आयल निगमलाई दिइसकेको छौं ।’

No comments:

Post a Comment