काठमाडौं, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि मधेशी जनताको विरुद्धमा विषबमन गरेका छन् । उनले मधेशी जनताले गरेको ऐतिहासिक मानव साङ्लो कार्यक्रमको बारेमा विष बमन गरेका हुन् । ओलीले जनता भड्काउनका लागि संविधान विरोधीले संविधानको अपव्याख्या गरिरहेको बताएका छन्।
एमाले काभ्रेले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा अध्यक्ष ओलीले भने, ‘गाउँ–गाउँमा गएर संविधान घोषणा भएपछि के पायौ भन्दै जनता भाँड्ने काम भइरहेको छ।’
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले हुलाकी राजमार्गमा बिहीबार गरेको मानवसाङ्लो प्रदर्शनलाई लक्षित गर्दै उनले भने, ‘यो मानवसाङ्लो होइन, माखेसाङ्लो हो। संविधान घोषणा भएपछि विकास गर्नुपर्नेमा अवरोध पार्ने गरी साङ्लो बनाइएको छ।’
संविधानलाई ग्यास र पेट्रोलसँग तुलना गर्दै जनता भाँड्ने खेल चलिरहेको ओलीले बताए। ‘संविधानविरोधीले संविधान जारी भएपछि जनतालाई तिमीहरूले ग्यास र पेट्रोल पाएनौ भन्दै अपव्याख्या गरिरहेका छन्,’ उनले थपे।
संविधानको विरोधमा जनतालाई जात–जातमा विभाजन गरेर आफू खेल्न खोज्ने तत्वहरू एमालेको एकता तथा एउटै बोली देखेर अचम्ममा परेका ओलीले बताए।
‘एमालेको एकता देखेर अरू पार्टीका व्यक्तिहरूले एमालेजस्तो बन्नुपर्योज भन्न थालेका छन्। नेपाली जनताले सामाजिक सद्भाव चाहेका छन् र त्यसका लागि नेतृत्व एमालेले गर्छ,’ उनले दाबी गरे।
राजनीतिका नाममा दन्तबजान गर्ने र कुरा फिट्ने बहादुरहरूले देश बिगारेको ओलीको भनाइ छ। ‘संविधान घोषणाका क्रममा अरू दलका सभासदले दल नै लतारे पनि एमालेका सभासदको एकै बोलीले संविधान घोषणा सहज भएको हो,’ ओलीले भने।
Sunday, October 4, 2015
ओलीद्धारा मधेशी जनतामाथि अर्काे प्रहार, ‘यो मानवसाङ्लो होइन, माखेसाङ्लो हो’

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment