Sunday, October 4, 2015
नेपाली कांग्रेस सहमतीय सरकारको लागि प्रयास गर्ने निर्णय, सहमती नभए आफ्नै नेतृत्वमा सरकार बनाउने
काठमाडौं, १७ असोज । नेपाली कांग्रेसले नयाँ सरकार गठनका विषयमा प्रमुख तीन दलमा छलफल गरेर मात्रै अगाडि बढ्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पदाधिकारीहरूको बैठकले एमाले र एकीकृत माओवादीसँग नयाँ सरकार गठन गर्ने विषयमा पहिला छलफल गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरागर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सहमतीय सरकार गठनका विषयमा पहिला प्रमुख दलहरूवीच छलफल गर्ने बताउनुभयो ।
‘कांग्रेस प्रमुख दलहरूका वीच यसअघि भएका सहमति कार्यान्वयन गर्ने पक्षमा छ’, उहाँले भन्नुभयो, ‘सरकार गठनका विषयमा पहिला तीन दलवीच हुने छलफल र सहमतिका आधारमा कांग्रेस अगाडि बढ्छ ।’ उपसभापति पौडेलले सहमतिका आधारमा सरकार गठन हुन नसके अधिकतम सहमतिका साथ बहमतीय आधारमा सरकार बनाइने बताउनुभयो ।
बैठक स्रोतका अनुसार कांग्रेसले प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा अधिकतम सहमतिका आधारमा सरकार गठनको प्रस्ताव राख्नेछ । यदि एमाले वा एमाओवादीले सरकार गठनमा आफ्नो बहुमत पु¥याउन नसके आफैले पहल गरी कांग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्ने सहमति भएको एक नेताले बताएका छन् ।
राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार बनाउन दलहरूलाई संवैधानिक व्यवस्थाअुनसार एक साताको समय दिएर दाबी पेश गर्न भनिसक्नु भएको छ । तर सहमतिको सरकार तोकिएको समयमा हुने कुनै सम्भावना अहिलेसम्म देखिएको छैन ।
एक साताको समय सक्किएपछि दलहरूले बहुमतीय आधारमा सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ । एमालेले अबको सरकारको नेतृत्व आफूले पाउनुपर्ने पूर्व सहमति भइसकेको जनाएको छ । तर कांग्रेसले त्यस्तो कुनै पनि सहमति नभएको दाबी गर्दै आएको छ । कांग्रेसले पनि अब बन्ने नयाँ सरकारमा आफ्नो दाबी गरिरहेको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment