Wednesday, October 7, 2015

नेपाली युवामाथि मोर्चाका कार्यकर्ताको बर्बरता (फोटो)

भैरहवा : मधेसी मोर्चाका कार्यकर्ताले भैरहवास्थित बेलहिया नाकाबाट किनमेलका लागि भारत गएका एक युवाको हातसहितका शरीरका विभिन्न भागमा काटेर फालिदिएका छन् । किनमेलका लागि बुधबार दिउँसो भारत गएका रुपन्देहीको भलबारी गाविस सुकुम्बासी टोलका कृष्णबहादुर क्षेत्रीलाई कुटपिट गरेपछि धारिलो हतियारले शरीरका विभिन्न भागमा काटेर दशगजास्थित नेपाली भूमिमा फालिदिएका हुन् । मोर्चा कार्यकर्ताले धारिलो हतियार प्रहार गरेर उनको दाहिने हातका चारवटा औंला काटिदिएका छन् । शरीरभरी धारिलो हतियार काटिएका उनका औंला छिनेका छन् । उनको टाउको, कुम, खुट्टा र हातमा जथाभावी काटिएको छ । मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा धारिलो हतियारले काटेर दशगजामा फालिएका उनलाई सुरक्षाकर्मीले उद्धार गरी भैरहवास्थित मेडिकलमा भर्ना गरेका छन् । उनको त्यहाँ चिन्तजनक अवस्थामा अहिले उपचार भइरहेको छ । मोर्चाका कार्यकर्ताले भारतीय भूमिबाट ढुंगा हान्दा पाँचजना बढी सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

No comments:

Post a Comment