Thursday, October 1, 2015
उर्जामन्त्री राधाकुमारी ज्ञवालीलाई प्रधानमन्त्रीले बर्खास्त गरे
काठमाडौं, १४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले उर्जामन्त्री राधा ज्ञवालीलाई बर्खास्त गरेका छन् । सोलु करिडोर प्रसारण लाइन निर्माणमा अनियमितता गरेको भन्दै ज्ञवालीलाई मन्त्री पदबाट हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कोइरालालाई आग्रह गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको आग्रह अनुसार नै मन्त्री ज्ञवालीलाई प्रधानमनत्रीले बर्खास्त गरेका हुन् ।
यसअघि प्रधानमन्त्री कोइरालाले उर्जामन्त्री ज्ञवालीलाई राजीनामा गर्न आग्रह गरेका थिए । तर उनले राजीनामा नदिएपछि प्रधानमनत्रीले आज उनलाई पदबाट बर्खास्त गरेका हुन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment