Thursday, October 1, 2015

फेसबुक मार्फत "४७ जनाको मृत्यु, ५२ जना घाईते बांकी बिवरण आउन बाँकी" भनि समाचार प्रकासित गर्ने ब्यक्ति पक्राउ

"सामाजिक सद्भाव भड्काउने किसिमका सन्देश फैलाउन खोज्ने ब्यक्ति पक्राउ": भाद्र १४, काठमाडौं, सामाजिक संजाल फेसबुक मार्फत "भर्खर नाकामा बम बिस्फोट हुंदा ४७ जनाको मृत्यु, ५२ जना घाईते बांकी बिवरण आउन " भनि पोष्ट गरी सामाजिक सद्भावमा खलल् पुग्ने सन्देश पोष्ट गर्ने ब्यक्तिलाई कारवाही गरी पाऊं भनि Police Apps "Hamro Police" मा उजुरी प्राप्त भएकोमा उक्त उजुरी माथी महानगरीय प्रहरी अपराध महाशाखाबाट अनुसन्धान गर्दै जांदा फेसबुक प्रोफाईलमा बिजय बिराट भन्ने ब्यक्तिले उक्त भ्रामक सन्देश लेखी पोष्ट गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन आएकोले थप अनुसन्धानको क्रममा निज बिजय बिराट भन्ने बिजय अधिकारी मोरङ जिल्ला केरावारी एरिया अन्तर्गत K.U. Academy Kerabari मा कार्यरत रहेको भन्ने पत्ता लगाई निजलाई महानगरीय प्रहरी कार्यालय काठमाण्डौको सहयोगमा ईलाका प्रहरी कार्यालय केरावारी मोरङबाट मिति २०७२।०६।१४ गते पक्राउ गरी आवश्यक कानुनी कारवाही भैरहेको छ ।

No comments:

Post a Comment