Wednesday, October 7, 2015

भारतबाट ढुंगा हानेपछि सुनौली नाकामा तनाव

भैरहवा : नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमिबाट ढुंगामुढा गरेपछि भैरहवाको बेलाहिया नाका तनावग्रस्त भएको छ । भारतीय प्रहरीको आडमा भारतीय भूमि र दशगजाबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगा र इँटा बर्साउन थालेपछि अहिले भैरहवाको बेलहिया नाका तनावग्रस्त भएको हो । ठूलो संख्यामा खटिएका भारतीय सुरक्षाकर्मीले आड दिएपछि मोर्चा कार्यकर्ताहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमणमा उत्रेका हुन् । अघिल्ला दिनभन्दा दोब्बर बढीको संख्यामा भारतीय सुरक्षाकर्मी खटिएपछि मधेसी मोर्चाका कार्यकर्ताले भारतीय सरकारी कार्यालय र स्थानीयबासीका घरका छतमा चढेर पनि नेपालतर्फ ढुंगा बर्साइरहेका छन् ।

No comments:

Post a Comment