वैशाख १२ गतेको विनाशकारी भूकम्पले खोटाङका दुई हजारभन्दा बढी घर पूर्णरुपमा ध्वस्त भएका छन्।खोटाङ, २६ वैशाख - वैशाख १२ गतेको विनाशकारी भूकम्पले खोटाङका दुई हजारभन्दा बढी घर पूर्णरुपमा ध्वस्त भएका छन्।
जिल्ला दैवीप्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार हालसम्म दुई हजार ११० घर पूर्णरुपमा ध्वस्त भएको पाइएको छ। यो संख्या अझै बढ्न सक्ने समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए। उनले भने “भौगोलिक दृष्टिले विकट गाउँबाट क्षतिको विवरण हालसम्म आउन सकेको छैन, यसमा जिल्ला तहको राहत वितरण गर्न र क्षतिको विवरण सङ्कलन गर्न सबै संयन्त्र परिचालन गरिएको छ।”
विनाशकारी भूकम्पले घर ध्वस्त भएपछि जिल्लाका १२ हजार ५३७ जना विस्थापित भएका छन् भने जिल्लाका चार हजार ९८६ घर चर्किएर बस्न नहुने अवस्थामा छन्। अठार वटा सरकारी कार्यालय पूर्णरुपमा ध्वस्त भएका छन् भने ५५ वटा चर्किएर कार्य सञ्चालन गर्नसक्ने अवस्थामा नरहेको ती कार्यालयका प्रमुखहरुले बताएका छन्।
हालसम्मको जानकारीअनुसार एउटा मन्दिर पूर्णरुपमा ध्वस्त भएको छ भने एउटामा आंशिक क्षति पुगेको छ। भूकम्पबाट विस्थापितका लागि जिल्लाबाट १३ समूह बनाएर राहत वितरण टोली परिचालन गरिएको र अति क्षतिग्रस्त ठाउँमा नेपाली सेना र सशस्त्र प्रहरीको क्याम्प नै खडा गरिएको छ।
विस्थापितका लागि हालसम्म केन्द्रबाट रु ६० लाख राहत रकम आएको छ। पाल, गुन्द्री, कम्बललगायतका सामग्री पर्याप्त नहुँदा वितरण टोलीलाई असहज भएको प्रजिअ सापकोटाले बताए।
यसैबीच जिल्लाबाट पर्याप्त मात्रामा राहत सामग्री नपुग्दा कतिपय परिवार खुला आकाशमुनि बस्न बाध्य रहेको स्थानीयको भनाइ छ। भूकम्पले घर तथा घरमा भएका सम्पूर्ण सामग्री ध्वस्त भए पनि हालसम्म कोही आएर क्षतिको विवरणसमेत लिने काम नगरेको महेश्वरी–८ का नन्दीकेशर वनले दुखेसो गरे । रासस

No comments:
Post a Comment