Friday, September 2, 2016
ग्यासको मुल्य घट्यो : अब प्रति सिलिण्डर १३ सय २५ रुपैयाँ
काठमाडौ–नेपाल आयल निगमले एलपी ग्यासको मुख्य घटाएको छ । निगमले शुक्रबारदेखि लागु हुनेगरि प्रति सिलिण्डर ५० रुपैयाँ मुल्य घटाएको जनाएको छ ।
निगमका अनुसार भारतीय आयाल निगम (आइओसी)ले पठाएको नयाँ मुल्य सूचीका आधारमा ग्यासमा नाफा नै रहेकाले मुल्य घटाएको हो । तत्कालका लागि पेट्रोलियम पदार्थको भने मुल्य यथावत राखिएको निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अव उपभोक्ताले प्रति सिलिण्डरको मुल्य १३ सय २५ रुपैयाँ तिर्नुपर्ने छ ।
प्रचण्ड नेतृत्वको सरकारले कृतिक अभाव, कालावजारी नियन्त्रण तथा मुल्य नियन्त्रणका लागि सम्वन्धीत निकायलाई यसअघिनै निर्देशन दिएको थियो । सरकारको निर्देशन पछि निगमले पनि चाडवाड नजिकिदै जाँदा ग्यासको मुल्य घटाएको छ । निगमलाई अहिले ग्यासमा प्रति सिलिण्डर एक सय ११ रुपैयाँ भन्दा बढी नाफा छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment