Friday, September 9, 2016

हुवावेको दशैं योजनाः हरेक १५ दिनमा भेस्पा र रोयल इन्फिल्ड जित्ने अवसर

काठमाडौं । हुवावे उपभोक्ता व्यवसाय समूहले आफ्नो २०७३ दशैं अफरको घोषणा गरेको छ । उपहारले भरिपूर्ण एक महिना लामो यस अफर भदौ २४ गतेदेखि आश्विन २२ गतेसम्म लागू हुनेछ । अरु अफर झैं बम्पर उपहारमा मात्र केन्द्रीत नभई यस वर्ष हुवावे ले धेरै भन्दा धेरै ग्राहकहरुलाई उपहार दिने निर्णय गरेको छ । चाडपर्वको रौनकलाई ध्यानमा राखी हुवावेले यसपालीको सबै उपहारहरु उत्तिकै महत्वपूर्ण अर्थात् एक–सा–एक ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले हुवावेको कुनै पनि स्मार्टफोनको खरिद गरी विभिन्न उपहारहरु जित्न सक्नेछन् । ‘प्राइज एक–सा–एक, यो दशैंमा भाग्यशाली अनेक’ अन्तर्गत हुवावेले हरेक हप्ता र हरेक १५ दिनमा उपहारहरु प्रदान गर्नेछ । लक्की ड्र मार्फत ग्राहकहरुले हरेक हप्ता १०० वटा पावर बैंक, २० वटा स्मार्टफोन र किट सहित ४ जाएन्ट साइकल प्राप्त गर्नेछन् । विजेताको घोषणा हुवावेको अफिसियल फेसबुक पेज (/Huaweidevicenepal) मा गरिनेछ । यस अफरको प्रमुख हाइलाइट भन्नु नै हरेक १५ दिनमा हुने लक्की ड्र हो, जस मार्फत् दुई भाग्यशाली विजेताहरुले भेस्पा र रोयल इन्फिल्ड जित्न सक्नेछन् । विजेताहरको घोषणा नेपाल टेलिभिजनबाट प्रसारण हुने नमस्ते नेपालमा प्रत्यक्ष लक्की ड्रमार्फत गरिनेछ । हुवावेको फेस, सृष्टि श्रेष्ठले हरेक हप्ता र हरेक १५ दिनका विजेताहरुलाई उपहार हस्तान्तरण गर्ने छिन् । यस योजनामा सहभागी हुनका लागि योजना अवधिभर हुवावेको कुनै पनि मोबाइल खरिद गर्ने ग्राहकहरले हुवावे (स्पेस) १५ अङ्क भएको फोनको IMEI नं टाईप गरी ३२२०० मा एसएमएस गर्नुपर्नेछ । यस अफर अवधिभर करिब ५०० ग्राहकहरुलाई उपहार दिइनेछ ।

No comments:

Post a Comment