यौनजीवनलाई सदावहार वनाउने खानाहरुको संगालो ।
१. कुरिलो – बेलायती बनस्पतिविद्ध निकोलस कुलपेपरले सत्रौं शताब्दीमा कुरिलो खाँदा यौनेच्छा कसरी बढ्छ भनेर लेख लेखेका थिए । विस्तारै १९ औं शताब्दीमा फ्रान्स्मा नवविवाहित महिला पुरुषहरुलाई कुरिलोको विशेष खाना दिनको ३ पटक दिने गरिन्थ्यो । कुरिलोमा विशेष पोटासियम, रेसा, भिटामिन बि ६, ए र थाईमिन र फोलिक एसिड पाईन्छ । यिनै तत्वहरुले शरिरमा यौनान्दको लागि विशेष भुमिका खेल्दछन् ।
२. हाडे बदाम – यो बदाम विशेषगरि सन्तान उत्पादकत्वको प्रतिक हो । हाडे बदामको गन्धले विशेषत: महिलामा यौनेच्छा जागृत गर्दछ । यस बदाममा भिटामिन इ, म्याग्नेशियम र फाईबर हुने गर्दछ ।
३. एभोकाडो – धेरैले यसलाई अण्डकोष फल भन्दछन् । स्पेनमा क्याथोलिक धर्म गुरुहरुले यसलाई अश्लिल फलको रुपमा परिभाषित गरेर बन्देज नै लगाएका छन् । यसमा प्रचुरमात्रमा भिटामिन बि ६, पोटासियम, फोलिक एसिड पाईन्छ । यस फलको अन्य गुण मध्ये विशेष रोग प्रतिरोधकको रुपमा पर्दछ ।
४. केरा – केरामा पोटासियम, म्याग्नेसियम, भिटामिन बि हुन्छ । साथै केरामा प्रचुरमात्रामा चिलेटिन खनिज र बिउरोमिलाईक एन्जायम हुने गर्दछ । जसले पुरुषमा विशेष यौन प्रभाव पार्दछ ।
५. बाबरीको पात – यसको गन्धले खानालाई स्वादिष्ट बनाउने गर्दछ । यसमा पाईने विशेष खनिज पदार्थले शरिरलाई यौनेच्छामा सकरात्मक असर गर्ने गर्दछ । इटालियनहरुले विशेषत: बाबरीको पात अत्याधिक खाने हुनाले संसारमा उनीहरुलाई रोमान्टीक व्यक्ति भनिन्छ ।
६.चकलेट – चकलेटमा विशेषत फिनाईल, इथाइल र अनन्दमाइड रहेको छ भने दैनिक खाने गर्नुहोस् । यी तत्वहरुले शरिरमा उत्तेजना, आकर्षण र आनन्द बढाउँछ । कोकाओ मिश्रित चकलेटले न्युरोसिषटमलाई यौन उत्तेजनाको लागि चलायमान गराउँदछ ।
७.अन्जीरको फल – संसारमा यस फललाई कामुक फलको रुपमा लिईन्छ । यो फल संसारकै सबैभन्दा पुरानो फलको रुपमा रहेको छ । आदिम कालमा यसलाई प्रेम र सन्तान उत्पादकत्वको प्रतिकको रुपमा लिईन्थ्यो ।
८. लसुन – लसुनमा अत्याधिक एलिसिन नामक तत्व हुने हुनाले शरिरको रक्तसंचारमा विशेष भुमिका खेल्दछ र शरिरलाई कामोत्तेजनाको लागि तयार गर्दछ ।
९. मह – महमा प्रचुरमात्रामा बोरन नामक खनिज तत्व हुने र शरिरमा कामोत्तेजनाकालागी विशेष रुपमा प्रभाव पार्ने गर्दछ । साथै महमा अन्य खनिज तत्व, भिटामिन बि, एन्जाइम र फाईटो केमिकल हुने गर्दछ ।
स्रोत र तस्बिर – इन्टरनेटको सहयोगमा ।
No comments:
Post a Comment