Thursday, September 8, 2016

दुई छिमेकीबाट चाडै नै उच्चस्तरीय भ्रमण हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री प्रचण्डले चाडै नै नेपालमा दुई छिमेकीबाट उच्चस्तरीय भ्रमण हुने बताएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित भ्रमण रोकिएको भन्ने समाचार प्रकाशमा आएकै बेला प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमणवारे आफ्नो धारणा राखेका हुन् ।
आज बसेको पार्टीको संसदीय दलको वैठकमा सम्बोधन गर्दै प्रचण्डले आफ्नो भारत भ्रमणको प्रसंगसँगै यस विषयमा कुरा राखेका थिए । ‘हुन त हल्ला अनेक खालका गरेका छन् । तर, दुवै देशबाट उच्चस्तरीय भ्रमण हुँदैछन् ।’ प्रचण्डको भनाई उदृद्ध गर्दै माओवादी केन्द्रका एक सांसदले रातोपाटीसँग भने । ती सांसदका अनुसार प्रचण्डले यस विषयमा थप ब्याख्या भने गरेका थिएनन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि भारतीय राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणको तयारी हुने भएको छ । प्रचण्डले आफु चाडै नै भारत भ्रमणमा जान थालेको र भ्रमणले दुई देशविच चिसिएको सम्बन्धलाई न्यानोपन दिने बताए । ‘म भारत भ्रमणमा जाँदैछु । सम्बन्ध समुधर बनाउने गरी भ्रमण हुनेछ । चिसो सम्बन्ध न्यानो बनाउने प्रयास हुनेछ । भ्रमणमा अरु नयाँ कुरा हुँदैन ।’ प्रचण्डको भनाई उद्धृत गर्दै ती सांसदले भने । त्यसैवीच माओवादीले प्रमुख सचेतकमा टेकबहादुर बस्नेतलाई जिम्मा दिएको छ । त्यसबाहेक संसदीय बोर्डको सचिव रामनारायण विडारी आएका छन् । संसदीय विशेष सुनुवाइको जिम्मा अग्नी सापकोटाले पाएका छन् । त्यसबाहेक संसदका विभिन्न समिति सदस्यका लागि पनि माअ‍ोवादीले नाम टुंगाएको छ । लेखा समितिमा हरिवोल गजुरेल, अर्थ समितिमा शक्ति बस्नेत, राज्य व्वावस्थामा रेखा शर्मा, विकास समितिमा टोपबहादुर रायमाझी र महिला तथा बालबालिकमा गिरिराजमणि पोखरेल सदस्य बनाउने भएको छ । वैठकमा प्रचण्डले प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

No comments:

Post a Comment